बेलायतबाट आइपुग्यो एक लाख ३१ हजार एस्ट्राजेनेका खोप

प्रकाशित मिति:

काठमाडौं – बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। कतार एयरको विमानबाट ४ः४० बजे एक लाख ३१ हजार २०० डोज स्ट्राजेनेका खोप नेपाल आइपुगेको हो।

‘खोप भोलि आउने कुरा थियो तर फेरि आजै साँझ आउने जानकारी आयो,’ व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले भने। उक्त खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिने बताइएको छ।