पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तीन चरणमा गरी २२ लाखभन्दा धेरै रुख काट्ने प्रस्ताव गरेको कुरा भर्खर मात्र बाहिर आएको छ। प्राकृतिक स्रोतहरूको अधिक दोहनले परिमाणतस् विकासभन्दा बढी विनास निम्त्याउँछ भन्ने विश्वव्यापी रुपमै प्रमाणित तथ्य हो। यसकै जगमा दिगो विकासको अवधारणा दशकौंअघि विकास भइसकेको छ र आजभोलि विकसित मुलुकहरूले पूर्वाधार निर्माणलाई दिने प्राथमिकता उक्त निर्माणबाट पर्नसक्ने वातावरणीय, सामाजिक, आर्थिक प्रभावहरुको आधारमा निर्क्योल हुने गर्छ। तर, हाम्रो जस्तो अविकसित मुलुकमा यस्ता मुद्दाहरु प्रायः हात्तिको देखाउने दाँत जस्तो मात्र हुन्छ। हाम्रै सन्दर्भमा भन्नुपर्दा आवश्यक अध्ययनबिना हतारमा बनाइएका धेरै ग्रामीण सडक वर्षातको समयमा पहिरो र बाढीका प्रमुख कारण बनेका धेरै उदाहरण छन्।

सडकबाट प्राप्त हुने आर्थिक, सामाजिक फाइदाभन्दा धेरै जनधनको क्षति भएको छ। यसै सन्दर्भमा पछिल्लो समयमा चर्चामा रहेको प्रस्तावित निजगढ विमानस्थल निर्माणको लागि करिब २४ लाखको हाराहारीमा रुख कटान गर्ने भन्ने विषय आफैंमा विवादास्पद छ। विकास मात्र होइन, दिगो विकासको दिशामा अघि बढे मात्र हामीले आगामी पुस्ताहरुलाई सुन्दर पृथ्वी उपहार स्वरुप दिनसक्छौँ।अतः कुनै पनि विकास आयोजनाहरु निर्माण एवम् सञ्चालन गर्नु अगाडि उक्त आयोजनाको कार्यान्वयनबाट स्थानीय, क्षेत्रीय वातावरणमा पर्नसक्ने भौतिक, जैविक एवम् सामाजिक आर्थिक प्रभावलाई न्यूनीकरण गर्न लिइने पहलकदमी अनिवार्य पूर्वसर्तको रुपमा रहनुपर्छ।लाखौं रुख कटान गरेर अन्त्यमा विमानस्थलको निर्माण कार्य वर्षौंसम्म सुरु हुन सकेन भने उक्त क्षेत्रको पर्यावरणमा पुग्न जाने असीमित क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न महत्वपूर्ण हुन आउँछ। यस्तो कार्यबाट अल्पकालीन रुपमा आयोजनाहरु थोरै महँगो पर्ने देखिए तापनि दीर्घलालीन रुपमा सस्तो र आकर्षक बन्न पुग्छन्। निजगढ विमानस्थलकको सन्दर्भमा विमानस्थल कहिले बन्ने, कसरी बन्ने ठोस कार्ययोजना नबन्दै पर्यटन मन्त्रालय रुख कटान गर्न हतारिनुले संरक्षणको महत्व बुझेका र यस क्षेत्रमा काम गर्ने समुदाय सशंकित हुनु स्वभाविक छ। लाखौं रुख कटान गरेर अन्त्यमा विमानस्थलको निर्माण कार्य वर्षौंसम्म सुरु हुन सकेन भने उक्त क्षेत्रको पर्यावरणमा पुग्न जाने असीमित क्षतिको जिम्मेवारी कसले लिने भन्ने प्रश्न महत्वपूर्ण हुन आउँछ।

विमानस्थल निर्माण र रुख कटान

नेपालको आर्थिक विकासको एउटा प्रमुख मेरुदण्ड पर्यटन क्षेत्र हो र पर्यटनको विकासको लागि भौतिक पूर्वाधारको समुचित विकास अनिवार्य सर्त हो। मुलुकको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताले अब सम्पूर्ण हवाई उडान थेग्न सक्दैन भन्ने काठमाडौं उत्रिनुअघि हरेकजसो विमानले भोग्नुपर्ने हवाई ट्राफिकबाट प्रष्ट भइसकेको छ।यसर्थ कम्तीमा एउटा अन्तर्राष्ट्रिय विमानस्थल तत्काल निर्माण गरिहाल्नु हाम्रो टड्कारो आवश्यकता हो। यसलाई नजरअन्दाज गर्नु भनेको मुलुकको पर्यटन उद्योगलाई दसौं वर्षपछि धकेल्नु हो।नेपालको समृद्धि र विकास चाहने कुनै पनि एकजना नेपालीले अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुराको विरोध गर्न सक्दैन र हुँदैन पनि। तर, यहाँ उठान गर्न खोजिएको विषय हाम्रो आवश्यकताको हो। विमानस्थल निर्माणको नाममा मास्न आँटिएको लाखौं रुखको हो।पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको ८ हजार ४५ हेक्टर घना जंगललाई एकै पटक कटान गरेर वातावरणीय रुपमा अति संवेदनशील चुरे क्षेत्रको यो महत्वपूर्ण भूभागको मरभूमीकरण गर्ने केही स्वार्थ समूहको कुत्सित नियतविरुद्ध यो आवाज उठेको हो।पर्यटन मन्त्रालयले परामर्शदातामार्फत तयार गरी पेस गरेको र वातावरण मन्त्रालयले स्वीकृत गरेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकन प्रतिवेदन साह्रै सतही रुपमा तयार गरिएको प्रतिवेदनको पहिलो ४ पेज पढ्दा नै थाहा हुन्छ।करिब ८ हजार ४५ हेक्टरमा फैलिएको घना जंगलको झारपातदेखि लिएर रुख समेत सफाचट गर्नु भनेको सानो विषय पक्कै होइन, यसको लागि गरिएको कर्मकाण्डी वातावरणीय अध्ययनलाई एकातिर राखेर राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञबाट छुट्टै जैविक विविधता प्रभाव अध्ययन सञ्चालन गराउनु मनासिव देखिन्छ।कुनै पनि विमानस्थल निर्माण गर्दा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय कानुन पनि आकर्षण हुन्छन्। विमानस्थलको सुरक्षा मापदन्ड अन्तर्राष्ट्रिय सम्झौताअनुरुप हुनु जरुरी छ। आइएटिए र संयुक्त राष्ट्रसंघको संस्था आइकाओले निर्माण गरेका मापदन्ड र नीतिनियमहरू बाध्यकारी रुपमा लागू गर्नुपर्ने हुन्छ।करिब ८ हजार ४५ हेक्टरमा फैलिएको घना जंगलको झारपातदेखि लिएर रुख समेत सफाचट गर्नु भनेको सानो विषय पक्कै होइन, यसको लागि गरिएको कर्मकाण्डी वातावरणीय अध्ययनलाई एकातिर राखेर राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञबाट छुट्टै जैविक विविधता प्रभाव अध्ययन सञ्चालन गराउनु मनासिव देखिन्छ।निजगढ विमानस्थल आइकाओ क्याटागोरीको ४ एअफ स्ट्यान्डर्डको हुनेछ। समग्र देशको प्राथमिकता, रणनीतिक महत्व र आर्थिक स्थिति त छँदै छ, त्यसमा यस्ता ठूला आयोजनाहरु निर्माण गर्दा पर्नसक्ने वातावरण र सामाजिक प्रभावप्रति निकै संवेदनशील हुनै पर्दछ।रुख कत्ति पनि नकाट्ने गरी उक्त स्थानमा विमानस्थल निर्माण असम्भव छ तर सकेसम्म न्यून संख्यामा रुख कटान गरी निर्माण गर्नुपर्दछ भन्ने आवाज सरकारले सुन्नु पर्दछ। अधिकारिक रुपमा मन्त्रालयले यति नै संख्यामा वा क्षेत्रमा रुख काटिने छ भनेर आजसम्म किन भनेको छैन त्यो शंकास्पद छ।

भिन्नभिन्न ३ चरणमा निर्माण सम्पन्न गर्नेगरी प्रस्ताव गरिएको निजगढ विमानस्थलको लागि १ हजार ३ सय हेक्टर र एयरपोर्ट सिटीको लागि ६ सय गरी जम्मा १ हजार ९ सय हेक्टरमा पहिलो चरणमा काम हुनेछ जसमा ३ हजार ६ सय मिटर लामो एउटा मात्र रनवे रहने छ।यो प्रयोजनको लागि कूल ४ लाख ६८ हजार बोटबिरुवा नासिने छन् भनेर वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कन प्रतिवेदनमा लेखिएको छ। पहिलो चरणमा यति मात्र काम गर्ने हो भने पर्यटन मन्त्रालयले करिब २४ लाख रुख कटानको लागि लविङ गर्नु पछाडिको उद्देश्य केरुविमानस्थलको लागि ८ हजार ४५ हेक्टर जमिन छुट्याइएको छ, जसको ८७ प्रतिशत भाग घना जंगलले ओगटेको छ। यदि यो सबै क्षेत्रको वन विनास गर्ने हो भने २४ लाख रुख–बिरुवा नासिने छन्।२४ लाख रुख कटान गर्दा उत्पादन हुने काठलाई हालको सरकारी दरमै बिक्री गर्दा पनि करिब ६९ अर्ब बराबर हुने अनुमान गरिएको छ। अझै बजार भाउअनुसार यसको बिक्री गर्ने हो भने त यो आँकडा निकै ठूलो हुनेछ।सबै क्षेत्रको जंगल मास्न आवश्यक नरहेकोले पहिलो चरणमा निर्माण हुने १ हजार ९ सय हेक्टरको वरिपरि ५ सय मिटरभित्रको परिधिमा पर्ने रुख मात्र कटान गर्ने र पछि विमानस्थलको क्षेत्रफल विस्तार गर्न परेको खण्डमा थप अध्ययन गरेर मात्र थप रुख कटान गर्न सकिन्छ।२४ लाख रुख कटान गर्दा उत्पादन हुने काठलाई हालको सरकारी दरमै बिक्री गर्दा पनि करिब ६९ अर्ब बराबर हुने अनुमान गरिएको छ। अझै बजार भाउअनुसार यसको बिक्री गर्ने हो भने त यो आँकडा निकै ठूलो हुनेछ।विमानस्थलको स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनमा समेत यस्तै प्रकृतिको सुझाव पेस गरिएको छ। पहिलो चरणमा एउटा मात्रा रनवेमार्फत वार्षिक ९२ लाख यात्रुलाई सुविधा दिनसक्ने गरी निर्माण गर्ने भनिएको विमानस्थल तत्पश्चातको समयमा आवश्यकताअनुरुप थप रनवे निर्माण गरेर करिब ६ करोड हवाई यात्रुहरुलाई सुविधा दिनसक्ने गरी निर्माण गर्ने भनिएको छ, जुन सान्दर्भिक पनि छ।रिपोर्टले सुझाव गरेझैं पहिलो चरणमा १ हजार ८५ हेक्टरका रुखमात्र काटेर प्रस्तावित एयरपोर्ट सिटीलाई रनवे क्षेत्रको दक्षिणपट्टि रहेको सरकारी खाली जगामा निर्माण गर्ने हो भने धेरै जंगल जोगाउन सकिन्छ।वातावरणीय अध्ययन तथा संरक्षणविदहरुले सुझाव गरेभन्दा बाहिर गएर सबै क्षेत्र ८ हजार ४५ हेक्टरका रुख मास्ने प्रयास गरियो भने त्यो पक्कै घातक हुनेछ। त्यो चाहना भित्र देशलाई रित्यायर आफू मोटाउने चाहना लुकेको छ भन्न कुनै संकोच मान्न पर्दैन।विमानस्थलको लागि छुट्याइएको भनिएको ८ हजार ४५ हेक्टर जमिन आफैंमा निकै ठूलो क्षेत्रफल हो। सन् १९९५ मा नागरिक उड्ययन प्राधिकरणले परामर्शदातामार्फत काठमाडौंबाहिर अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व सम्भाव्यता अध्ययन गर्दा ८ वटा सम्भावित क्षेत्रहरुको अध्ययन गरिएको थियो।उक्त अध्ययनलले उपलब्ध जमिन, भौगोलिक बनावट, रनवेको लागि सुहाउँदो जमिन, ठूला सहरसम्मको पहुँच सहजता, पर्यटकीय स्थल, निर्माण लागत, निर्माण सामग्रीको सहज उपलब्धता लगायतका तथ्यको विश्लेषण गरी प्रस्तावित निजगढ विमानस्थल भएको स्थानलाई सर्वाधिक उपयुक्त स्थानको लागि पहिचान गरेको थियो।भलै उक्त अध्ययनमा जैविक विविधता, वातावरणीय प्रभाव, अस्तित्व खतरामा रहेका वन्यजन्तुमा पर्ने असर लगायतका विषयलाई समेटिएको भए निष्कर्ष फरक पनि हुन सक्थ्यो। तर, अन्य तथ्यहरुको सहजताका कारण केही व्यक्तिहरुले भनेजस्तो विमानस्थलको क्षेत्र नै सार्नुपर्ने माग पनि उपयुक्त हुँदैन।अतः विमानस्थल निर्माणबाट पर्न सक्ने जैविक, भौतिक एवम् सामाजिक असरलाई न्यून गर्दै पहिचान गरिएकै स्थानमा जतिसक्दो चाँडो निर्माण सुरु गर्नु अहिलेको आवश्यकता हो।सर्वप्रथम चर्चामा आए जस्तै ८ हजार ५ सय हेक्टर जंगलको सम्पूर्ण रुख कटान कार्यलाई स्थगित गर्नुपर्छ। सम्बन्धित मन्त्रालय परदर्शी हुनु जरुरी छ।

विश्वव्यापी प्रचलन

संसारको सबैभन्दा ठूलो विमानस्थल साउदी अरबको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल हो। जसको क्षेत्रफल ७७ हजार ६ सय हेक्टर छ। त्यसपछि ठूलोमध्येकै एक चीनको सांघाई अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल जम्मा ३ हजार ९ सय ८८ हेक्टर, थाइल्याण्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल ३ हजार २ सय ४० हेक्टर र जर्मनीको फ्र्याङ्कफर्ट विमानस्थल २ हजार ३ सय हेक्टरमा फैलिएको छ।अमेरिकाको व्यस्ततम विमानस्थलमध्ये एक हार्टफिल्डज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल जम्मा १ हजार ९ सय २ हेक्टर मात्र छ र विमानस्थलले २०१७ मा मात्र करिब १० करोड ३९ लाख यात्रुलाई हवाई सुविधा प्रदान गरेको थियो।यसैगरी संसारको सबैभन्दा लामो रनवे भएको चीनको क्वाम्दो वाम्दा विमानस्थलको रनवेको लम्बाई जम्मा ५ हजार ५ सय मिटर छ। अतः पहिलो चरणमा प्रस्तावित १ हजार ९ सय हेक्टर क्षेत्रफलमा ३ हजार ६ सय मिटर लामो रनवे भएको विमानस्थल निर्माण गर्ने हो भने पनि यसलाई विश्वस्तरीय विमानस्थलको रुपमा विकास गर्न सकिन्छ।भविष्यमा यो क्षेत्रफल साँच्चिकै अपुग देखियो भने अहिले रुख कटान नगरिएको जंलगतर्फ विमानस्थल विस्तार गर्ने विकल्प पनि रहिरहेको हुनेछ।साधारणतयाः कार्गो विमानहरुको लागि यात्रुबाहक विमानको लागि भन्दा केही लामो रनवे आवश्यक हुन्छ। रनवेको लम्बाई अधिकतम सर्टिफाइड टेकअफ लोड निर्धारण गर्ने हुनेले विमानस्थल कुन प्रयोजन र कत्रो जहाजहरु आउने जानेगरी डिजाइन गरिएको छ, सोहीअनुसार हुने गर्दछ।सबैभन्दा ठूलो कार्गो एयरक्राफ्ट एन्टोभ ९२ हजार २ सय ५० लाई ३ हजार १ सय ५० मि, कार्गो बोइङ–७४७ लाई ३ हजार ६० मि, लामो दूरीको यात्रुवाहक बोइङ–७४७ लाई २ हजार ९ सय ७० मिटर लामो रनवे पर्याप्त हुन्छ। क्षेत्रीय स्तरका विमानहरुका लागि त २ हजार ७ सय मिटर हाराहारी लम्बाईको रनवे पर्याप्त हुने गर्दछ।यसमा सुरक्षा गुणक राख्दा रनवेको लम्बाई केही बढ्न पुग्छ। संसारका धेरैजसो विमानस्थलको रनवेको लम्बाई पूर्ण सुरक्षा गुणकसहित करिब ४ हजार मिटरको हाराहारीमा रहेको पाइन्छ।

के गर्ने

सर्वप्रथम चर्चामा आए जस्तै ८ हजार ५ सय हेक्टर जंगलको सम्पूर्ण रुख कटान कार्यलाई स्थगित गर्नुपर्छ। सम्बन्धित मन्त्रालय परदर्शी हुनु जरुरी छ। जनताले सूचना पाउन मन्त्रालय धाउन नपरोस, कति क्षेत्रफलमा कति रुख काटने, कहिले काट्नेजस्ता कुरा सबैलाई अधिकारिक रुपमा जानाकारी दिइयोस्।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थान अभावले अर्को सुविधासम्पन्न आधुनिक विमानस्थल निर्माण गर्न ढिला भइसकेको छ र यसले हाम्रो अर्थतन्त्रको मजबुत मेरुदण्ड बन्न सक्ने पर्यटन उद्योगलाई क्षति पुर्‍याइसकेको छ।मन्त्रीले भाषाण वा कुनै कार्यक्रममा बोलेका कुरा पत्याउन सकिने अवस्था छैन। कुनै एउटा सग्लो रुख काट्नुअघि विमानस्थल निर्माण गर्ने पक्का हुनुपर्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थान अभावले अर्को सुविधासम्पन्न आधुनिक विमानस्थल निर्माण गर्न ढिला भइसकेको छ र यसले हाम्रो अर्थतन्त्रको मजबुत मेरुदण्ड बन्न सक्ने सम्भावना रहेको पर्यटन उद्योगलाई क्षति पुर्‍याइसकेको छ।अब अझै अन्तर्राष्ट्रिय विमानस्थल बन्न ढिलाइ हुने हो भने यो क्षेत्र दुर्घटनामा पर्ने निश्चितप्रायः छ तर विमानस्थल सरकारले बनाउने किरु निजी क्षेत्रले बनाउने किरु लगानी कसले गर्ने र जुटाउनेरु कस्तो हुनेरु लगायतका पूर्वाधार निर्माणका आधारभूत पक्षहरु निश्चित नभई ठूलो संख्यामा रुख कटान गर्न मात्र हतारिनुले राम्रो संकेत पक्कै गर्दैन।यसको पछाडि बजारमा रहेको काठको माग र उच्च मूल्यको हात त छैन भनेर जो कोहीले शंका गर्नु स्वभाविकै छ। दोस्रो कुरा विमानस्थल बनेर मात्र पनि भएन, उक्त स्थानबाट काठमाडौं जोड्ने पहुँच मार्गको रुपमा रहेको फाष्ट ट्रयाकको निर्माण पनि सोही गतिमा हुनपर्‍यो।अन्यथा विकास निर्माणको नाममा प्राकृतिक स्रोतको उच्च दोहन मात्र हुने र झारा तिर्ने खालका निर्माण कार्य हुने हो भने यसले हामीलाई अगाडि होइन, बरु पछाडि फर्काउने निश्चित छ।सुरुमा विमानस्थल निर्माण हुने दरिलो प्रत्याभूति भएपछि यसअघि गरिएको वातावणीय अध्ययन र यसबीचमा गर्न सकिने जैविक विविधता प्रभाव अध्ययन लगायतका कार्य गर्न सकिन्छ। यसो भएमा कम क्षतिमा सुविधासम्पन्न विमानस्थल समयमै निर्माण गर्न सकिन्छ।

शर्मा इन्जिनियर र पाठक वातावरणविद् हुन्।