राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक वाटमोरले दिए राजीनामा

प्रकाशित मिति:

काठमाडौं-नेपालको राष्ट्रिय क्रिकेट टोलीका अष्ट्रेलियाली प्रशिक्षक डेब वाटमोरले राजीनामा दिएका छन्। राष्ट्रिय टोलीसँग यतिखेर कुबेतमा रहेका वाटमोरले इमेलमार्फत् राजीनामा पठाएका हुन्।वाटमोरले ओमान भ्रमणपछि आफूले प्रशिक्षकको जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने जानकारी गराएको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल लाइभलाई बताए।

राजीनामा पत्रमा उनले पारिवारिक जिम्मेवारीका कारण नेपालको टिम सम्हाल्न नसकिने जानकारी गराएका छन्।‘कोरोना महामारीका कारण मलाईं परिवारबाट टाढा रहन सहज छैन। त्यसकारण यो जिम्मेवारीबाट अलग हुन चाहन्छु,’ वाटमोरलाई उद्धृत गर्दै चन्दले भने।त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुईरदुई खेल खेल्नेछ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासितको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले यही भदौ २० र २३ गते ओमानमा पपुवा न्यूगिनीसित दुई एकदिवसीय खेल खेल्ने तय भएको छ।विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् ९युएई० रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ। नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अङ्क जोडेको छ। नेपाल आफ्नो समूहको अङ्क तालिकाको छैटौँ स्थानमा छ।

को हुन् वाटमोर ?
सन् १९९६ मा श्रीलंकालाई विश्वकप जिताएका अस्ट्रेलियाका प्रशिक्षक वाटमोर गत जनावरीमा नेपाल आएका थिए।१९९६ मै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ ९आईसीसी० को सदस्यता पाएपछि नेपाली राष्ट्रिय टोलीसँग जोडिएका उनी अहिलेसम्मकै ‘हाइप्रोफाइल’ प्रशिक्षक हुन्।सन् १९९५ मा वाटमोर श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएपछि यो देशको क्रिकेटमा कायपलट भएको थियो। उनले कप्तान अर्जुना रणतुङ्गासँग मिलेर पहिले हरुवा टिमको छवी बनाएको श्रीलंकालाई एकदिवसीय क्रिकेटकै शक्तिशाली राष्ट्रको रुपमा चिनाए।वाटमोर प्रशिक्षक नियुक्त भएको वर्ष दिनभित्रै श्रीलंकाले भारतमा भएको विश्वकपको उपाधि जितेको थियो। उनले ओपनरद्धय सनथ जयसूर्या र रमेश कलुविथरानालाई आक्रामक जोडीको रुपमा प्रशिक्षित गरेका थिए।श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायरसँग आबद्ध भए। उनले यहाँ दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी पनि जिताएका थिए।

१९९९ को विश्वकपमा उनी फेरि श्रीलंका फर्किएका थिए। तर, पहिले जस्तो श्रीलंकाले सफलता पाउन सकेन। २००३ को विश्वकपमा भने उनको प्रशिक्षणमा श्रीलंका पुनः सेमिफाइनलमा पुग्यो।उनले बंगलादेशलाई पनि प्रशिक्षण दिइसकेका छन्। उनको नेतृत्वमा २००५ मा बंगलादेशले ९जिम्बाब्वेविरुद्ध० पहिलो टेष्ट म्याच जितेको थियो भने कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हरायो। २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट पनि भएको थियो।बंगलादेश छाडेपछि उनी २००७ मा भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने। उनले भारतको यू–१९ टिम पनि सम्हालिसकेका छन्।२००८ मा मलेसियामा भएको यू–१९ विश्वकपमा भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा उनले भारतलाई उपाधि दिलाउन सफल भए। २०१० र २०११ मा आइपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक बनेका वाटमोर ४ मार्च २०१२ मा पाकिस्तान टिमको पनि प्रशिक्षक नियुक्त भए। उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेको थियो। २०२० फेब्रुअरीदेखि उनी सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए।