डाक्टरलाई माेसाे दल्ने अनेरास्ववियुका दाङ जिल्ला संयाेजकलाई पार्टीबाटै निकालियाे

प्रकाशित मिति:

दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा। बिनोद सिंहलाई कालोमोसो दल्ने एमालेको भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सह(संयोजक दिवस क्षेत्रीलाई नेकपा एमाले दाङले जिम्मेवारीबाट मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका चिकित्सक र कर्मचारीको मनोबल बढाउनुको साटो घृणित कार्यमा संलग्न भई कानुन हातमा लिने परियार र क्षेत्रीलाई अनेरास्ववियु र पार्टीको जिम्मेवारीबाट हटाइएको जनाएका हुन् ।

 

कानुन हातमा लिने सो समूहलाई कानुन बमोजिम कारबाही गर्न जोडदार माग गर्दछौँ, विज्ञप्तिमा भनिएको छ । यसैबीच प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले कोरोनाको समयमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानुनअनुसार कडा कारबाही गर्ने बताएका छन् ।