नेतृत्वका लागि युवा तयार भएपछि मात्र राजनीतिबाट बिदा लिन्छु : प्रचण्ड

प्रकाशित मिति:

काठमाडौं, भदौ १२- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राजनीतिबाट बिदा हुन चाहे पनि अहिलेका युवा नेतृत्वका लागि तयार नभएसम्म आफूले सुख पाउने अवस्था नरहेको बताएका छन्।‘म त छिटोभन्दा छिटो राजनीतिबाट बिदा भएर संस्मरण लेख्न चाहन्छु,’ उनले भने, ‘तर नेतृत्व हाँक्न तपाईजस्ता युवा तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन।’

शनिबार राजधानीमा सुरु भएको माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग ९वाइसिएल० को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले युवाहरु तयार भएपछि आफू अलिकति फरक भूमिकाबाट अघि बढ्ने सोचमा रहेको प्रचण्डले बताए।अहिलेका युवा पद र प्रतिष्ठाको पछि लागेर अलिकति स्खलित हुँदै भएका उनले बताए। जनयुद्धका बेला बरु युवाहरु अनुशासित रहेको उनले स्मरण गरे। अबका युवा कार्यकर्ता अलि अलग तरिकाले अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए।

माओवादी केन्द्रले केन्द्रीय समितिमा युवाका लागि २० प्रतिशत स्थान सुरक्षित राख्ने निर्णय गरेको प्रचण्डले सुनाए।