
नवीन विद्यार्थी क्लबको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न अध्यक्षमा बिशाल पोखरेल
नवीन विद्यार्थी क्लबको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न अध्यक्षमा बिशाल पोखरेल । बुटवल उपमहानगरपालिका प्रमुख शिव राज सुवेदीको प्रमुख उपस्थितमा कार्यक्रम संचालन भएको थियो । विद्यार्थीलाई अध्यनमा मात्रै सिमित नभई उनिहरुलाइ जीवन शैली एवं अन्य विषय बस्तु साथै नेतृत्व विकास र थुप्रै क्रियाकलाप बाट अगाडि लैजानको निम्ति गत वर्ष देखि विद्यालयको विद्यार्थी मधुसूदन नेपालको नेतृत्वमा नवीन विद्यार्थी क्लब संस्था स्थापन गरिएको थियो ।
नवीन औधोगीक कदर बहादुर रीता माद्यमिक विद्यालाएको मातहतमा रहेको उक्त क्लबको २०२०/२०२१ को अध्यक्षमा मधुसूदन नेपाल रही काम गर्नु भएको थियो ।उक्त कार्यक्रममा विभिन्न किसिमको पुरस्कारहरु प्रधान गरिरेको थियो । क्लबको विधान अनुसार दिनु पर्ने ( NSC MEMBER AWARD 2020) मा क्लबको साधारण सदस्य बिक्रम के.सी , रुसमा छेत्री र धन्यवाद चौधरीले प्राप्त गर्नु भएको थियो । साथै (NSC TEACHER AWARD 2020)मा विद्यालय तर्फ बाट विद्यालय शिक्षक साथै ISA संयोजक आशिस लामिछाने र शोभा नेपालले प्राप्त गर्नु भएको थियो भने +२ बाट शिक्षक ई.गणेश थापा , बाबुराम पौडेल र बरुन ज्ञवालीले प्राप्त गर्नु भएको छ र (NSC STUDENT AWARD 2020) बाट विद्यालय तर्फ बाट कक्षा ५ बाट निस्मा चुडली र कक्षा १० बाट हेमा पोडेलले प्राप्त गरिन साथै +२ बाट कक्षा ११कि सबिता खनाल र सुप्रिया पोडेल साथै कक्षा १२ बाट सुम्निमा न्यौपानेले पाएकी थिन । साथै विद्यालय बाट २०७७ सालको बोर्ड परिक्षामा ४ GPA ल्याएकी अपेक्षा चौधरीलाई पनि सम्मान गरेका थिए ।
कार्यक्रममा स्वागत मंत्यब राख्दै क्लबकी प्रबन्ध निर्देशक आयुषा ज्ञवालीले “क्लबको बारेमा र आफु क्लबमा रही आफुले गरेको कामकार्य बारेमा बताउदै मंत्यब राखेकी थिन । उक्त कार्यक्रमा विद्यालय प्राचार्य प्रेम बादुर बस्नेतले उक्त क्लबले विद्यालयमा केहि परिवर्तन साथै विद्यार्थीहरुमा नेतृत्व बिकासमा सहयोग पुगेको टिप्पणी गर्नु भएको छ ।” कार्यक्रममा बल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका प्रमुख सिवराज सुवेदीले “विद्यालयमा संचालन गरिएको क्लब बारे सकारात्मक विचार एवम् यस्ता क्लब द्वारा विद्यार्थीहरुलाइ बाहिरि क्रियाकलाप प्रति रुचि हुने र निरन्तरता पुर्व अगाडि लैजान अनुरोध गर्नु भएको छ । साथै शैक्षिकसत्रमा बुटवल उपमहानगरपालिका प्रथम स्थानमा परेको खुलासा पनि उहाले गर्नु भएको थियो । विद्यार्थीहरुको पढाईमा विभिन्न प्राबिधिक शिक्षाको बाताबरण बनाउने साथै विद्यार्थीहरुमा नेतृत्व विकास , सीप र अन्य कुरामा अगाडि बढाउनको लागि विद्यालयमा क्लब खोली अगाडि बढ्नको लागि एउटा बाटो बनेको छ त्यस प्रती उहाको सकारात्मक विचार सहित साथ दिने जानकारी गराउदै विद्यार्थीहरु भविष्यको किरण हुन र उनिहरु भनेको देशको श्रोत भएको दावी गर्दै पुर्व अध्यक्ष एवम् कार्यसमिति लाई धन्यवाद दिदै नयाँ कार्यसमिति बधाई एवम् शुभकामना व्यक्त गर्नु भयो ।”
२०/२१ अध्यक्ष नेपालाले विद्यार्थीहरु अहिले एउटा किताबको पानामा मात्रै सिमित भइ बाहीरि कार्यक्रममा अजै पनि ज्ञान कम भएको कारण आफुले विद्यालयमा क्लबको स्थापना गरेको जानकारी दिनु भयो । एउटा विद्यार्थीले कुनै कुरामा आफुले नेतृत्व गर्न सकेमा अहिलेको समय अनुसार उस्को क्षेमता आजै विकास हुने छ , साथै उहाले नगर प्रमुखलाइ पछिको समयमा आफुले गरेको कार्यहरुमा केही विद्यार्थीहरुको विकासको लागि गरिने कार्यक्रम ल्याउन साथै , विद्यार्थीहरु सँग छलफल गरि केही परिवर्तन साथ नयाँ शैलीमा अध्यन र सिकाइ सुरु गर्न अनुरोध गर्दै आफ्नो समयसम्मको कार्यक्रम साथै सम्पूर्ण कामहरुको बारेमा जानकारी दिदै आफ्नो कार्यसमिति साथै सम्पुर्ण क्लब परिवारलाई आफुलाइ सहयोग गरेकोमा धन्यवाद दिदै नयाँ कार्यसमितिलाई धन्यवाद ब्यक्त गर्नु भएको छ । आफ्नो सस्थापाक अध्यक्षको नाताले आफुले गर्न सक्ने सम्पुर्ण काम र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । साथै कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष कृष्ण प्रसाद खरेल , विद्यालय समिति सदस्य राजेन्द्र ढकाल , प्रधानाध्यापक प्रेम बाहादुर बस्नेत लगायत सम्पुर्णले आफ्नो मन्तब्य दिदै बधाई तथा शुभकामना दिनु भएको छ ।
कार्यक्रममा नव नियुक्त २१/२२ का अध्यक्षद्वारा पुर्व अध्यक्ष मधुसूदन नेपाललाई प्रसंसा पत्र साथै मायाको चिनो प्रधान गर्दै सम्पुर्ण २०/२१ को कार्यसमितिलाई धन्यवाद प्रकत गर्नु भयो । उक्त कार्यक्रमा पुर्व कार्यसमितिलाई अध्यक्ष नेपालद्वारा मायाको चिनो वितरण गर्नु भएको थियो भने कार्यक्रम सचिव जुना परियारले संचालन गर्नु भएको थियो ।