करेन्ट लागेर नेमराज घाईते  !

प्रकाशित मिति:

अर्जुन भण्डारी/ मङ्सिर २० पाल्पा । आज विहान करिब १०:३० बजेको समयमा तानसेन नगरपािलका- ६ बसपार्क स्थित यज्ञराज के .सि. को नयाँ बन्दै गरेको घरमा वायरिङ्ग गर्ने क्रममा नवलपरासी जिल्ला सरावल गाउँपािलका वडा नं.-४ वस्ने २० बर्षका नेमराज हरीजनलाई अचानक करेन्ट लागेर घाईते भएका छन ।

घाईते उनलाई उपचारको लागी युनाईटेड मिसन अस्पताल पाल्पा पठाईएको र अवस्था जोखिम मुक्त रहेको जिल्ला प्रहरि कार्यलय पाल्पाका प्रहरी निरिक्षक अमृत भण्डारिले बताउनुभयो ।