बुटवलमा रोट्रयाक्टको ११ औ राष्ट्रिय सम्मेलनको तयारी सुरु

प्रकाशित मिति:

विष्णु खत्री/मंसिर २० सैनामैना । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गत रोट्रयाक्ट नेपालको ११ औँ राष्ट्रिय सम्मेलनको तयारी सुरु भएको छ । यहि माघ ४ र ५ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुने राष्ट्रिय सम्मेलनको तयारी सुरु भएको हो ।

रुपन्देहीमा रहेका रोट्रयाक्ट क्लबहरु रोट्रयाक्ट क्लव अफ बुटवल, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी,रोट्रयाक्ट क्लव अफ भैरहवा यसैगरी कपिलवस्तुबाट रोट्रयाक्ट क्लव अफ कपिलवस्तु मिडटाउन र काठमाण्डौबाट रोट्रयाक्ट क्लव अफ थेम्स ईन्टरनेशनल कलेजको संयुक्त व्यवस्थापकमा सम्मेलन हुन लागेको हो ।


रोट्रयाक्ट डिस्ट्रिक नेपाल ३२९२ को ११ औ डिस्ट्रिक सम्मेलनले आगामी बर्षका लागि नयाँ कार्य समिती चयन गर्नेछ । सम्मेलनमा नयाँ कार्य समिती चयन गर्नुका साथै विभिन्न सत्रमा रोट्रयाक्टरहरुलाई उत्प्रेरणा तालिम सँगै क्लवले गर्ने कार्यहरुका बारेमा जानकारी गराईने जोन ११ का जोनल रोट्रयाक्ट रेप्रिजेन्टेटिभ ( जेड.आर.आर ) एवम् सम्मेलनका सचिव चिन्तामणी सुबेदीले जानकारी दिनुभयो ।
उहाँले माघमा हुने सम्मेलनका लागि अहिले प्रायोजक, सहप्रयोजक देखी विभिन्न संचारमाध्यम,सवारी साधन,सम्मेलनमा सहभागी हुने रोट्रयाक्टका लागि खान बस्नको व्यवस्थापन, ईन्टरनेट लगायतका विषयमा विभिन्न कार्यहरु भईरहेको बताउनुभयो ।

रोट्रयाक्टको ११ औँ सम्मेलन रुपन्देहीमा गर्न पाउनु निकै सुखद भएको भन्दै रुपन्देहीको पर्यटन क्षेत्रमा टेवा पुग्नुका साथै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन पवद्र्धनमा समेत यसले सहयोग पुर्याउने आयोजकले विश्वास लिएका छन् ।

सम्मेलनमा देशभरका १ सय २५ रोट्रयाक्ट क्लवबाट झण्डै १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् । १ सय २५ वटा क्लव क्लब मध्ये रुपन्देहीमा मात्र १४ क्लब छन् । नेपालका विभिन्न स्थानमा हुदै आएको सम्मेलन बुटवलमा तेस्रो पटक हुन लागेको हो । रोट्रयाक्टको १० आँै राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको थियो ।

रोट्रयाक्टको नवौ राष्ट्रिय सम्मेलन आगामी पुस २२ र २३ गते पोखरामा हुने स्थानिय ब्यवस्थापक रोट्रयाक्ट क्लब अफ पोखरा फिस्टेलले जानकारी दिएको छ ।

थप समाचार