लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा बुटवलका बामदेव क्षेत्री घिमिरे नियुक्त

प्रकाशित मिति:

बुटवल- लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा बुटवल ८ रुपन्देहीका बामदेव क्षेत्री घिमिरे नियुक्त भएका छन्। आइतवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले घिमिरेलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका घिमिरे आयोगको उपाध्यक्षमा नियुक्त भएका हुन्।

आयोगमा २ जना सदस्य समेत मनोनित गरिएको छ। लुम्बिनी सरकारका प्रवक्ता कृष्णध्वज खड्काले २ जना सदस्य समेत चयन गरिएको जानकारी दिए। आयोगको सदस्यमा गुल्मी मुसिकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिव पुजन यादव नियुक्त भएका हुन्।

यस्तै, बैठकले ३ सदस्यीय प्रदेश पदक सिफारिस समिति समेत गठन गरेको छ। जसको सदस्यमा कपिलवस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दिल कुमारी रोका र पाल्पाका यज्ञ पोखरेल रहेका छन्।बैठकले लुम्बिनी प्रदेशमा कर्मचारीको व्यवस्थापन २ चरणमा गर्ने भएको छ। आजको बैठकले भदौ मसान्त र असोज १५ गरी २ चरणमा गर्न लागेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए।