दुर्घटनामा परेका खाम्चाको उपचारको क्रममा मृत्यु

प्रकाशित मिति:

अर्जुन भण्डारी/ मङ्सिर २० गुल्मी ।  हिजाे साँझ तानसेन नगरपालिका-९ दमकडामा सराईबाट बास्टारी तर्फ जादै गरेको लु.४ प ९०४८ नं को मोटर साईकलले बाटोमा हिडिरेका पैदल यात्री पाल्पा जिल्ला बगनासकाली गाउँपािलका वडा नं.-५ स्थाई घर भई हाल तानसेन नगरपालिका वडा नं.- ९ बस्ने बर्ष ४७ का टेक बहादुर खाम्चालाई ठकर दिँदा घाईते भएका उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा अाज विहान मृत्यू भएको र मोटरसाईकल चालक प्रहरी को नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।