४९ अंकले घट्यो शेयर बजार

प्रकाशित मिति:

१३ भदौ, काठमाडौं । साताको पहिलो दिन आइतबार ४९ अंकभन्दा धेरैले शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । नेप्से परिसूचक उच्च अंकले घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने राम्रै कमाएका छन् ।२ वटा कम्पनीहरुको शेयर मूल्यमा त सकारात्मक सर्किट नै लागेको छ । कुनै पनि कम्पनीको एकै दिनमा १० प्रतिशत भन्दा धेरैले शेयर मूल्य घट्न वा बढ्न पाउँदैन । आइतबार नारायणी डेभलपमेन्ट बैंक र आँखुखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ ।

आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर बन्द भएको हो । आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । फाइनान्स भने बढेर हरियो देखिएको छ ।

बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन् । सबैभन्दा धेरै बढ्नेमा यो कम्पनी पहिलो नम्बरमा देखिएको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने राम्रै भएको छ । १५ अर्ब ६५ करोड रुपैयाँ भन्दा बढीको शेयर किनबेच भएको छ ।