काबुल विमानस्थलमा फेरि विस्फोट, २ जनाको मृत्यु

प्रकाशित मिति:

अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा फेरि विस्फोट भएको छ । आइतबार साँझ विमानस्थलबाट उत्तरपूर्वी क्षेत्रमा रकेट प्रहार भएको हो ।विस्फोटमा परि २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको अफगान प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले आज पुनः काबुल विमास्थलमा आक्रमण हुने भन्दै आफ्ना नागरिकलाई तत्काल विमानस्थल छोड्न निर्देशन दिएका थिए ।बिहीबार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो । सो घटना आईएसआईएस के समुहले गरेको थियो ।

अमेरिकाले शुक्रबार गरेको जवाफी हमलामा काबुल विमानस्थल बम विस्फोटका मुख्य योजनाकार मारिएका थिए । अमेरिकाले अफगानिस्तानको नाङ्घहार प्रान्तमा गरेको सो हमलामा ड्रोन प्रयोग गरेको थियो भने सो हमलामा स्लामिक स्टेटका सदस्य मारिएका थिए ।