फोहोर तत्काल उठाउने प्रबन्ध गर्न काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति:

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहोर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई निर्देशन गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीलाई बोलाएर प्रधानमन्त्रीले फोहोर कसरी उठाउन सकिन्छ त्योअनुसार प्रबन्ध गर्न निर्देशन गरेका हुन् । ‘सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्’, प्रधानमन्त्रीले उनीहरुलाई भने ।

सरकारी अरु निकायबाट पनि समन्वय हुने भन्दै कसरी हुन्छ काठमाडौंको फोहोर उठाउने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन गरेका छन् ।