एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुखले विभिन्न जाल झेल गरेर कारवाही नगर्ने निर्णय गरे : महेश बस्नेत

प्रकाशित मिति:

काठमाडौँ– नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले एमालेले १४ सांसदलाई कारवाहिको सिफारिस गरेकोमा सभामुखले विभिन्न जाल झेल गरेर कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका छन् ।

बस्नेतले नेपाली संसदको उपहास गर्दै सभामुख अग्नी सापकोटाले विगतको गुरिल्ला शैलीमा झै छुट्टै सरकार र संसद झल्को दिने गरि एमालेले १४ सांसदलाई कारवाही नगर्ने निर्णय गरेको आरोप लगाएका हुन् ।सोमबार भक्तपुरस्थीत रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले वर्तमान सरकारलाई सुरुवातमै कुपोषण लागेको समेत आरोप लगाए ।

वर्तमान सरकारमा सामेल दलहरुले संविधान भन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण भएको बताए ।वर्तमान अवस्थामा राष्ट्रिय सहमतिको सरकार निर्माण गरि मितव्ययी रुपमा तीनै तहको निर्वाचन एकै समयमा गर्नु नै अन्तिम विकल्प रहेको बस्नेतको भनाइ थियो ।