एसईई दिएका विद्यार्थीलाई एनसेलको विशेष अफर

प्रकाशित मिति:

१४ भदौ, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई विषेश अफर ‘पहिलो सिम’ योजना ल्याउँदै छ ।मंगलबारदेखि सञ्चालनमा आउने यो योजनामा २०७८ सालमा एसईई दिएका विद्यार्थीले मात्र रु. १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डेटा लगायत विभिन्न फाइदा लिन सक्ने एनसेलले जनाएको छ । एसईई २०७८ को परीक्षा प्रवेश पत्र भएका सबै विद्यार्थीले नजिकैको एनसेल सेन्टरबाट यो पहिलो सिम लिन सक्ने एनसेलले जनाएको छ ।

यो योजना अन्तर्गत पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सातदिन भित्र रु। १०० वा सोभन्दा बढीको पहिलो रिचार्जमा रु. २० मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा पाउँछन् ।त्यसैगरी रु. ५० वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधाहरुको फाइदा लिन सक्छन् । यस्तो रिचार्जमा विद्यार्थीहरुले ३ दिन मान्य हुने ५०० एमबी डेटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसैगरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस स्वरुप प्राप्त गर्छन् ।एनसेलका अनुसार विद्यार्थीले यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी पेश गर्नुपर्ने छ । आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट यो सिम लिन सक्ने एनसेलले जनाएको छ ।

एनसेलका अनुसार भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरुले आफूलाई सधैं सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँच वटा एनसेल नम्बरहरु सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सक्छन् । नम्बरहरु माइफाइभ समुहमा राखेपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरहरुमा मात्र ५० पैसा प्रति मिनेट शूल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, रु. १०० वा सोभन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउँनेछ ।विद्यार्थीहरुले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफू सधै सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समुहमा राख्न सक्छन् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखी सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु। ५ शुल्क लाग्ने एनसेलले जनाएको छ ।

एसईई सकेका विद्यार्थीका लागि सुलभ दरमा दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पहिलो सिम योजनालाई निरन्तरता दिएको एनसेलले जनाएको छ ।