जिपि कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको बिभिन्न कार्यक्रममा सकृय सहभागिता

प्रकाशित मिति:

२९ अगष्ट २०२१ न्युयोर्क अमेरीका- गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष सोमनाथ घिमिरे लगायत पदाधिकारीहरू विभिन्न सामाजिक संघ संस्थाहरूको कार्यक्रममा सहभागी भै आपसी सद्भाव एवं सकारात्मक संदेश प्रवाह गरेका छन्। आज भएको धादिंग समाज अमेरीकाको निमन्त्रणामा यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे,कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी र कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले पिक्निकस्थल कोरोनापार्क क्विन्स न्युयोर्क पुगेर सहभागिता जनाई कार्यक्रम सफलताको शुभकामना दिनुभयो।

यसैगरी दोस्रो कार्यक्रम सन्डे टेलिभिजनको उद्घाटनस्थल ज्याक्सन हाईट्स न्युयोर्कस्थित जुईस हल पुगेर अध्यक्ष सोमनाथ घिमिरेले वक्ताको रूपमा सहभागी भै स्वच्छ र प्रजातांत्रिक आचरण सहित टेलिभिजन कार्यक्रमले आगामी दिनहरूमा सफलता हासिल गर्न सकोस् भनी शुभकामना दिनुभयो। स्मरण रहोस् प्रस्तोता किरण मरहट्टाको प्रमुख सम्पादकमा TV-Sunday आज उद्घाटित सो टेलिभिजनले नेपाल लगायत दक्षिण एसियाली मुलकसँग आबद्ध समाचारहरूलाई प्राथमिकतासाथ प्रसारण गर्ने गरी न्युयोर्क सहरवाट संचालित हुने जानकारी आयोजक संस्थाले दिएको छ।

यसैगरी तेस्रो कार्यक्रमको रूपमा स्यांग्जा समाज अमेरीकाको अधिवेशन एवं सांस्कृतिक तथा रात्रिभोज कार्यक्रम न्युयोर्कस्थित शेर्पा किदुक हल ज्याक्सन हाईट्समा सहभागी भै यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यद्वय सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री सहभागी भै विमला हमालको नेतृत्वमा नवगठीत कार्यसमितिलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना दिनका साथै संगीतिक एवं रात्रिभोज कार्यक्रममा सहभागिता जनाउनुभएको थियो।