विवादित एमसिसीको विज्ञापन एपीवानले नबजाउने

प्रकाशित मिति:

काठमाडौँ – विवादित अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०कोे प्रबद्र्धनमा एपिवान टेलिभिजनले विज्ञापन नबजाउने भएको छ।नेपालस्थित एमसिसीको कार्यालयले विज्ञापन बनाएर राष्ट्रिय स्तरका सञ्चार माध्यमबाट बजाउन सुरु गरेसँगै जनस्तरबाट व्यापाक विरोध भएपछि टेलिभिजन पछि हटेको हो।

विज्ञापन बजाएको भन्दै सोमबार बेही युवाले टेलिभिजनको कार्यालयमै पुगेर विरोध प्रर्दशन गरेका थिए।टेलिभिजनका सम्पादक टिकाराम यात्रीले निजी टेलिभिजनले पूरा गर्नुपर्ने सबै शर्त मानेर विज्ञपान बजाए पनि आम र्दशकको चासोलाई ध्यानमा नबजाउने निर्णय भएको जनाएका छन्। उनले भनेका छन्, ‘निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम कानुनभित्र रहेर प्रसारण गरिएको भए पनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाउनु भएका कारण सार्वजनिक दायित्व पालना गरि आएको जिम्मेवार संस्थाको रुपमा व्यवस्थापनले उक्त विज्ञापन अब उप्रान्त प्रसारण नगर्ने निर्णय गरेको छ।’

एपिवानले ‘एमसिसी आफ्नै देशको फाइदाका लागि आएको हो, एमसिसी परियोजनाले विद्युत् उत्पादन गरिदिएपछि विदेशमा पनि निर्यात गर्न सकिने र देशको आर्थिक संवृद्धि हासिल गर्न सकिने’भन्ने भिडियो संवादयुक्त विज्ञापन केही दिनदेखि प्रशारण गर्दै आएको थियो।अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ। गत वर्ष असार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सकेको छैन। परियोजना दिनदिनै विवादित बन्दै गएको छ।