१३ वर्षीया बालिका बलात्कारका आरोपी जेल चलान

प्रकाशित मिति:

मङ्सिर २० जुम्ला : जुम्लामा एक ४८ वर्षीय पुरुषले १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। चन्दननाथ नगरपालिका- ८ धरालबाडामा ४८ वर्षीय लक्षिराम रोकायाले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन्।

उनले ललाइ फकाइ गरेर बालिकालाई बलात्कार गरेको खुल्न आएको छ। बालिका राति सुतेको अवस्थामा आफ्नै घरमा बलात्कार गर्दै गरेको भेटेपछि आफन्तले आरोपितलाई नियन्त्रणमा लिएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश केसीका अनुसार आरोपित रोकायाले बालिकालाई चाउचाउ, बिस्कुट दिएर ललाइफकाइ गरी बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए।

बलात्कारको घटना गाउँमै मिलाउने प्रयास भएपनि आफन्तले नमान्दा प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको छ। बलात्कार गर्ने लक्षिराम प्रहरी हिरासतमा छन्। केसीले बालिका बलात्कारको मुद्दा दर्ता भइसकेको र अभियुक्तलाई पक्राउ गरेर म्याद थप गरिएको जानकारी दिए।