किसानका लागि खुशिको खबर : धान राखेर ऋण

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिकामा धान धितो राखेर किसानहरुले ऋण पाउने भएका छन् । उपमनगरपालिकाले पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रिया सुरुवात गरेको हो । पहिलो चरणमा किसानले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारी मार्फत किसानलाई ऋण प्रदान गर्ने योजना अनुसार विहिवार बुटवल–१४ सेमलारमा रहेको सिम्रीक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको विचमा समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ । बुटवल उपमानरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादुर गाहाले हस्ताक्षर गरे । बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानहरुले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मुल्य विना नै विक्रि गर्दै आएका थिए । अव किसानहरुले सहकारीमा आफु्ले उत्पादन गरको धानलाई सहकारीमा धितोको रुपमा राखेर कृषि ऋण लिन सक्छन् ,उत्पादन गरेको धान सहकारीमा राखेमा कुनै पनि भाडा तिनुपर्र्दैन, किसानको भाडा नगरपालिकाले तिरिदिन्छ ’ प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल भने । बुटवल उपमनगरपालिका प्रमुख शिवराज सुवेदीलेले किसानहरुको समस्यालाई सामाधान गर्नको लागि पहिलो चरणमा किसानहरुको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको जानकारी दिए । पहिलो चरणमा किसानको धान मात्रै सहकारी मार्फत भण्डारण गर्ने सम्झौता सहकारीमार्फत गरिएकोमा आगामी दिनमा अन्य गहुँ, दाल जन्य कृषि उपज समेत भण्डार गरी किसानहरुलाई ऋण उपलब्ध गराउने तयारी गरिएको मेयर सुवेदीको भनाई रहेको छ ।

बुटवल उपमहानरपालिका, कृषि विकास महशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले किसानहरुले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरे बापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने छ । जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो । किसाले यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋण समेत प्रदान गर्ने सम्झौता गरिएको छ । ऋण चुक्तापश्चात किसानले आफ्नो धान विक्रि गर्न पाउने सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादु गाह मगरले जानकारी दिए । सहकारीका सचिव टोपनारायण घिमिरेका अनुसार वि.स. २०६६ सालमा स्थापना भएको सहकारीले आईडब्लु आरएमपीको अनुदानमा विउ प्रसोधन केन्द्र, भण्डारण केन्द्र समेत स्थापना गरेर सञ्चालन गर्दैै आएको छ । १० कठ्ठा क्षेत्रफल रहेको सहकारीले २ सय ५० मेट्रिक टन को ओपनज सेड निर्माण गरेको छ भने १५सय मेट्रीक टन र अर्को २ सय ५० मेट्रिक टन क्षमताको गोदाम घर निर्माण गरेको छ ।