लुम्बिनी प्रदेश सांसद रमा घर्तीले रोजिन् नेकपा (एस)

प्रकाशित मिति:

रूपन्देही — लुम्बिनी प्रदेशबाट एमालेकी प्रदेश सभा सदस्य रमा घर्तीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी छन् । नेकपा एमाले विभाजन भएपछि उनले नयाँ पार्टी समाजवादी रोजेकी हुन् ।घर्ती यसअघि पनि माधव नेपाल समूहमा खुल्दै आएकी थिइन् । घर्ती पाल्पाबाट समानुपातिकमा निर्वाचित प्रदेश सभा सदस्य हुन् । लुम्बिनी प्रदेशमा यस अघिदेखि नै माधव समूहमा खुलेका कपिलवस्तुका विष्णु पन्थीले भने एमाले रोजेका छन् ।

मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालय दाङ पुगेर घर्तीले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेकी हुन् । घर्तीले एमाले प्रतिगामी बाटोमा हिँडेको र नयाँ पार्टी नेकपा एकिकृत समाजवादीको विचार, दृष्टिकोण र नेतृत्वको कार्यशैली राम्रो लागेपछि सनाखत गरेको बताइन् ।आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेश सभामा कायम राजनीतिक दल र प्रदेश सभा सदस्यको अभिलेख अद्यावधिक हुनेछ । नयाँ दल रोज्ने समय भदौ २२ गतेसम्म भएकाले त्यसपछि मात्र अधावधिक गरिने कार्यालयले जनाएको छ ।

घर्तीले नयाँ दल राजेसँगै लुम्बिनी प्रदेश सभामा राजनीतिक दलको संख्या ६ पुगेको छ । लुम्बिनी प्रदेश सभामा घर्तीले नयाँ पार्टी रोजपछि प्रदेश सभाका ८० सदस्यमध्ये एमालेको संख्या ३६ भएको छ ।