आज बालाचतुर्दशी,, पितृको नाममा शतबीज छरी मनाईयो

प्रकाशित मिति:

आज बालाचतुर्दशी पितृको नाममा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइने गरिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाइन्छ । रुपन्देहीको देवदहमा रहेका बिभिन्न धार्मिक स्थलहरुमा मानिसहरुको आजदिन भर घुइचो लागेको थियो ।
आफ्नो परिवारभित्र दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै नजिकका धार्मिक स्थलहरुमा शतबीज छर्ने गरिन्छ । धान, जौ, तिल, चना, मकै, कागुनो लगायतका बीजहरु छरे अर्को जन्मको खेति भन्ने पनि परम्परागत बिश्वास जनमानिसमा रही आएको पाइन्छ । आजको दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पूण्य मिल्ने धार्मिक बिश्वास रहि आएको छ । बालाचतुर्दशीको पूर्वसन्ध्यामा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले मन्दिरहरुमा भजनकिर्तन पनि गर्ने गर्दछन् । यसैबिच बालाचतुर्दशीको दिन शतबीज छर्न रुपन्देहीको देवदहमा रहेका बिभिन्न धार्मिक स्थलहरुमा मानिसहरुको घुइचो लागेको देखिन्छ ।