शुरु भयो लियो सप्ताह,, विभिन्न कार्यक्रम गरी मनाईंदै

प्रकाशित मिति:

६१ औं अन्तर्रा्ष्ट्रिय लियो दिवसमा बुटवलमा लियो सप्ताह मनाउन शुरु गरिएको छ । लियो सप्ताहको पहिलो दिन एरिया ४ का २८ वटा लियो क्लबहरुले बुटवल राजमार्ग चौराहदेखी ट्राफिक चोकसम्म शान्तिपूर्र्ण याली निकालिएको हो । एरिया ४ का कोर्डिनेटर सुदिप बेल्बासेलेको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अथिती लियो जिला परिषद ३२५ बि२ का जिल्ला उपाध्यक्ष लियो सरोज कंडेल रहेका थिए । एरिया को(चिफ अरुण पन्थीले संचालन गरेको कार्यक्रममा रिजन ९ का कोर्डिनेटर मदन थापा तथा डाइरेक्टर एलिजा तुलाधरले शुभकामना मन्तव्य राखेका थिए । एरिया ४ का २८ वटै लियो क्लबहरुले रक्तदान कार्यक्रम ,हाजिरी जवाफ प्रतियोगिता ,खाद्यान्न सामाग्री वितरण ,क्रीकेट प्रतियोगिता लगाएत अन्य सामाजिक कार्यक्रमहरु गर्ने लियो जिल्ला परिसद ३२५ बि२ एरिया ४ का कोर्डिनेटर सुदिप बेल्बासेले बताए ।