मुख्यमन्त्री कृष्णचन्द्र नेपालीद्धारा राहतमा कमी नराख्न निर्देशन

प्रकाशित मिति:

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्लो समय बाढी पहिराले बढी क्षति पुर्‍याएको कास्की, पर्वतसहितका जिल्लामा उद्धार र राहतमा कुनै कसर बाँकी नराख्न जिल्ला र स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएका छन्। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको आज बसेको आकस्मिक बैठकमा उनले बाढी पहिरामा परेकालाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायका प्रमुख, मन्त्रालयका सचिव र मातहतका सबै निकायलाई निर्देशन दिएका हुन्।उनले विपद व्यवस्थापनको काम तीनै तहका सरकारको समन्वयमा हुने भएकाले पीडितले महसुस गर्ने गरी काम गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरे।