अदालतमा बिचाराधिन रहेको मुद्धामा नगरपालीकाको पुनः हस्तक्षेप , रानीगन्जमा दर्जन बढि घरटहरा जवरजस्ती भत्काइए

प्रकाशित मिति:

हरिश ढकाल , बुटवल, २० मंसिर । बुटवल १७ रानीगन्ज स्थित जग्गाको स्वामित्व बिवादका कारण अदालतमा मुद्धा चलिरहेको एक बिवादित बस्तीमा रहेका करिब १ दर्जन घरटहरा बुटवल उपमहानगरपालीकाले भत्काएको छ । स्थानिय वडाध्यक्ष सन्तबहादुर राना, कासिराम अर्याल र हरिलाल न्यौपानेको छोरा दिपक न्यौपानेको नेतृत्वमा आएको सो समुहले भत्काएको स्थानियले बताएका छन । सो बिवादित जग्गामा बिहिबार दिउँसो करिब १२ बजेतिर बुटवल नगरपालीबाट आएका नगर प्रहरी हौं भन्दै सेतो जीप र टेक्टर लिएर पुगेका एक समुहले ति घरटहरा भत्काएका हुन । आफ्नो घरटहरामा बसेका स्थानियलाई सुचना नगरी एक्कासी आई उक्त समुहले हसिंया, भाला, खुंडा, खुकुरी र टेक्टर प्रयोग गरि जवरजस्ती भत्काएको स्थानिय बासिन्दा नवमी थारुले बताइन् ।

थारुका अनुसार एक्कासी नगरपालीकाको जिप माईकिङ्ग गर्दै आयो र बाहिर निस्कन नपाउँदै घर टहरामा आक्रमण गर्दै स्थानियहरुमाथि समेत जाई लागेर भत्काइ दियो । अगाडी आए स्थानियलाई हात खुट्टा काटिदिने धम्की दिँदै उनिहरुले टेक्टर चढाएर घर भत्काइदिएको र भित्र रहेका सामान र साना बालबालिकाहरु समेत निकाल्न नपाएको उनले बताईन । यसअघि पनि सो स्थानमा उक्त समुहले पटक पटक धक्की दिने र पटक पटक आक्रमण गर्दै आईरहेको पनि थारुले बताईन् । थारु भन्छिन–आफ्नो दुःख पीडा सुन्ने र साथ दिने कोहि छैनन् त्यसैले हेपेर स्थानिय भुमाफिया र गुण्डाहरुले हामीहरुलाई पटक पटक आक्रमण गर्दै आईरहेका छन ।  आफ्नो बाबु घुरई थारुको जग्गामा घर बनाई बसेको र केही जग्गा आफुले बिक्रि बितरण गरेको केही जग्गामा घर टहरा बनाई बसेका अन्य मानिसको समेत घरजग्गा हडप्ने उद्देश्यले उनिहरुले पटक पटक दुःख दिएको र उक्त जग्गाको बिषयमा जिल्ला अदालत रुपन्देहीमा मुद्धा चलिरहेको अवस्थामा झगडिया एक पक्षले जोरजवरजस्तीगरेको र उक्त जग्गामा बसेकालाई जवरजस्ती हटाउन बुटवल उपमहानगरपालीकाले सहयोग गरेको उनिहरुको आरोप छ । स्थानियहरु पीडितहरु भन्छन – हामी मुद्धा लडिरहेका छौं, नजितेसम्म लडिरहने छौं, नगरपालीका र वडाध्यक्ष सन्तबहादुर रानाको षडयन्त्र भण्डाफोर गरेरै छाड्छौं ।

यसबारेमा बुटवल उपमहानगरपालीकाका प्रबक्ता एवं छिमेकी वडाध्यक्ष रामप्रसाद रेग्मीले भने–केही मानिसले अर्कैंको जग्गामा घरटहरा बनाएको भन्ने सुचना प्राप्त भएको र हटाउन सहयोग गर्न भनि वडाबाट सिफारिस आएकोले नगरप्रहरीहरु बुझ्न र आवश्यक कार्य अघि बढाउनु भनि पठाइएको हो । उक्त जग्गा बिवादित अवस्थामा रहेको, कस्को भन्ने टुंगो नलागिसकेको र अदालतमा सो बिवाद सम्बनिध मुद्धा मामिला छ भन्ने थाहा नभएकोले उक्त कार्य भएको हुनसक्छ ।  एक पक्षिय झगडियाको गलत सुचनाको आधारमा बिवादित जग्गामा अदालतबाट टुंगो नलाग्दै घर टहरा भत्काउन मानिस पठाइएको स्थानियहरुले आरोप लगाएका छन । नगरप्रमुख शिवराज सुबेदीले पनि के कसो हो बुझी आवश्यक कारबाही गर्नु भनि पठाएको स्विकार गरे । उक्त स्थानमा रहेको सो जग्गा बिगत लामो समयदेखि बिवादित रहेकोले पटक पटक समस्या उत्पन्न हुने गरेको छ ।