पत्रकार खड्का सम्मानित

२० मंसिर २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया
16 Shares


गुल्मी : अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत गुल्मीकी पत्रकार गंगा खड्का सम्मानित भएकी छन् । कफी उत्पादन र बजार प्रवद्र्धनमा मोफसलमा रहेर पत्रकारिताको माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्ड काठमाण्डौँले सम्मान गरेको हो । उनलाई नगद पाँच हजार र प्रमाणपत्रले सम्मानित गरिएको छ ।
विहिवार सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरी जिल्ला सहकारी संघ मार्फत उनलाई सम्मानपत्र प्रदान गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । यसअघि पोखरामा आयोजित १४ औँ राष्ट्रिय कफी दिवसमा खड्कालाई सम्मान गर्ने कार्यक्रम भएपनि उनी विशेष कारणले कार्यक्रममा सहभागी हुन सकेकी थिइनन् । खड्का विगत तीनवर्षदेखि अन्नपूर्ण मिडिया नेटवर्कमा आवद्ध छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया