एलआइसीले बुटवलमा मनायो २० औं वार्षिकोत्सव

प्रकाशित मिति:

बुटवल, १९ भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं वर्ष प्रवेश गरेको अवसरमा बुटवल शाखाले एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाएको छ ।एलआइसी नेपालल सन २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा बुटवल शाखा प्रमुख ज्योती पौडेलले वर्तमान विषम परिस्थितिमा पनि आम नागरिकको श्विास जितेर कम्पनी अगाडि बढिरहेको भन्दै मानवीय जोखिम न्यूनिकरणका लागि बिमा अपरिहार्य आवश्यकता बनेको बताए ।

वार्षिकोत्सवकै अवसरमा एलआइसी बुटवल शाखाले नयाँ अभिकर्ताहरुका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । तालिमको अवसरमा कम्पनीका शाखा प्रमुख ज्योती पौडेलले अभिकर्ताले निर्वाह गर्नु पर्ने भूमिकाको वारेमा प्रकाश पारेका थिए ।कम्पनीका एजेन्सी म्यानेजर फणिन्द्र पुरीले बिमाको परिचय, बिमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण प्रदान गरेका थिए ।उनले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा तथा अभ्यासहरुको जानकारीका साथसाथै जीवन बीमामा एआइसीले खेलेको भूमिकाको बारेमा तालिममा सहभागीहरुलाई स्पष्ट पारेका थिए ।त्यस्तै एजेन्सी म्यानेजरहरु सुजित शर्मा, नवराज गौतम, यमबहादुर राना, लगायतले जीवन बीमाको वारेमा जानकारी दिएका थिए ।