शनिबार कोरोना भाइरसका १२सय ६८ नयाँ संक्रमित थपिए

प्रकाशित मिति:

शनिबार कोरोना भाइरसका १२सय ६८ नयाँ संक्रमित थपिएका छन् । जम्मा ९ हजार ८७५ जनमा गरिएको परीक्षणअनुसार १२सय ६८ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार २४ जना संक्रमित देखिएका छन् । परीक्षण कम हुँदा संक्रमितको संख्या पनि कम देखिएको छ ।पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ९ जनाको मृत्यु भएको छ ।