तिलोत्तमा ८ मा पुनः केशवराज अर्याल सभापतिमा निर्वाचित

प्रकाशित मिति:

नेपाली कांग्रेस तिलोत्तमा ८ को वडा अधिवेशनले पुनः केशवराज अर्यालको सभापतित्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको छ । जसको उपसभापतिमा एकनारायण पाण्डे र राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । समितिको सचिवमा इन्द्रप्रसाद पाण्डे र चन्द्रमणी अर्याल चयन हुनुभयो भने सहसचिव डिल्लीराज भट्टराई र इन्दिरा कडेललाई अधिवेशनले छनोट गरेको छ । कांग्रेसको विद्यान अनुसार कोषध्यक्ष तथा केही सदस्यहरु मनोनित हुने व्यवस्था छ । अधिवेशनले २० सदस्यहरु समेत चयन गरेको छ । यस्तैः अधिवेशनबाट २५ जना क्षेत्रीय प्रतिनिधिहरु पनि सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाण विधान अनुसार स्वतः क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको छ । उहाँसँगै मोहनराज शर्मा, हरिलाल पाण्डे, हरिप्रसाद ज्ञवाली लगायत २५ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।