पाण्डबखानीमा बालमैत्री वडा बाल सञ्जाल गठन

प्रकाशित मिति:

सुरेश छन्त्याल, बागलुङ
गलकोट नगरपालिका १० पाण्डबखानीमा बालमैत्री वडा बाल सञ्जाल गठन भएको छ । गलकोट नगरपालिकाको पुस मसान्त भित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य अनुसार वडा बाल सञ्जाल गठन गरिएको हो । वडा सदस्य रामप्रसाद वि।कको अध्यक्षतामा गठीत वडा सञ्जालमा बालबालिकाको आधारभूत हक अधिकारको बारेमा वडा अध्यक्ष तिलक घर्ती मगरले प्रकाश पार्नु भएको थियो।

३ सदस्य नगर बालमैत्री सञ्जालमा प्रतिनिधित्व गर्ने बालबालिका र वडा बाल अधिकार समितिमा प्रतिनिधिमा २ सदस्य प्रतिनिधि छनोट गरिएको छ । उक्त सञ्जालमा २७ सदस्य वडा वडा बाल सञ्जाल गठन गरिएको हो । उक्त कार्यक्रममा प्रत्येक टोल स्कुल बाल समुहका प्रतिनिधि, वडा अध्यक्ष तिलक घर्ती, वडा सदस्य रामप्रसाद बि।क, वडा सचिव ठाकुर तिमिल्सिना, वडा बालमैत्री सहजकर्ता रामु शाहि, पत्रकार सुरेश छन्त्याल, पशु केन्द्र पाण्डबखानीका इन्चार्ज शिव आचार्य लगाएतको सहभागीता रहेको थियो। भने उक्त बाल सञ्जालको नाम पाच पाण्डब बाल सञ्जाल राखिएको छ ।