नमस्ते नेपालद्वारा तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मधुसूदन नेपाल, बुटवल । नमस्ते नेपालद्वारा तिज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न गरेको छ तिलोत्तमा नगरपालिका( १५ कोटिहवास्थित नेपाल अबिनाश अनाथ आश्रममा २२ जना बालबालिका र नमस्ते नेपालका सदस्यहरुको साथमा तिज मिलन तथा दरखाने कार्यक्रम भएको हो । संस्थाले हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारी आश्रमका बालबालिकासंग तिज मिलन तथा दरखाने कार्यक्रम गरेको प्रति आश्रमका संस्थापक अध्यक्ष कृष्ण ज्ञवालीले खुसी हुँदै धन्यवाद व्यक्त गरे।

विगत ४ बर्ष देखि लगातार विभिन्न समाजिक कामहरु एवम् थुप्रै कार्यक्रम गर्दै आएको र अबको दिनमा देशमा युवाहरू जागरुक हुन आवस्यक भएकोले थप अजै बलियो बनेर सबै मिलिजुली अगाडि लैजान संस्थापक अध्यक्ष अर्जुन खरेलले कार्यक्रममा बोल्दै हरितालिका तिजको शुभकामना दिनु भयो।अनाथ आश्रममा रहेका बालबालिकाहरु र नमस्ते नेपालका महिला सदस्यहरुलाई मनोरञ्जन गराउनको निम्ति कुर्सी दौड प्रतियोगिता गराइ प्रथम,दोस्रो र तेस्रो हात पार्नेलाइ पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रमको संयोजक विशाल पाण्डे , जमुना क्षेत्रि र सुनिल ढकालले गर्नु भएको थियो ।कार्यक्रम नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल , समाजसेवि अन्जु आचार्यको प्रमुख आतिथ्यता र समाजसेवी योगेश भट्टराई,समाजसेवी डा। सुबेक्षा श्रेष्ठको आतिथ्यतामा सम्पन्न भएको थियो।कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रम संयोजक विशाल पाण्डेले गरेका थिए भने कार्यक्रम सन्चालन संस्थाका सचिब निराजन खरेलले गरेका थिए ।