रौतहट \ स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतलाई अदालतले थुनामा राख्न आदेश दिएको छ। संगठित अपराध मुद्दामा छानविनका लागि सिके राउतलाई थुनामा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको हो। जिल्ला न्यायाधीश अम्बीका काफ्लेको इजलाशले राउतलाई संगठित अपराधको अनुसन्धानका लागि थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।