नेपाल भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज

प्रकाशित मिति:

काठमाडौँ- नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५स्३० बजे शुरू हुनेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ ।

यसअघि नेपाल र भारतबीचको पहिलो खेल १(१ गोलको बराबरीमा सकिएको थियो । नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।