नवीनमा अपशिष्ट को सौन्दर्य  परियोजना सम्पन्न

प्रकाशित मिति:

नवीन औधोगिक कदर बहादुर रीता माद्यामिक विद्यालयमा अपशिष्ट को सौन्दर्य  परियोजना सम्पन्न । विद्यालयले ISA ( International School Award ) को प्रतिस्पर्धा गरिएको छ , उक्त पुरस्कारको लागि विभिन्न योजना गर्नु पर्ने छ । सोही योजनाको संयोजक शिक्षक तिर्थ राज घिमिरे साथै सहयोगमा कुशल पाठक, सबिना भण्डारी र खुसुम अर्यालले गर्नु भएको थियो। लुम्बिनी बोडिङ स्कूलको बीच गरिएको प्रोजेक्टमा कक्षा ७को विद्यार्थीहरुको संलग्नता संगै पूरा भएको थियो । यस परियोजनामा विद्यार्थीले पेशा, व्यावसायिक र प्राविधिक शिक्षा अध्यन गर्छन् ।

यस परियोजनाको बारेमा अभिमुखीकरण परियोजना नेता तीर्थ राज घिमिरे द्वारा अनलाइन मोड मा कक्षा ७  का विद्यार्थीहरुलाई दिइएको थियो। ।  ISA संयोजक आशिष लामिछानेले प्रोजेक्ट लीडरलाई दुबै विद्यालयका बिद्यार्थीहरुलाई परियोजना को बारेमा उही कार्यक्रममा अभिमुखीकरण दिन को लागी सहयोग गरि संचालन भनेको थियो ।  दुबै विद्यालयका बिद्यार्थीहरुलाई परियोजना संग सम्बन्धित बिभिन्न गतिविधिहरु गर्नका लागी बिभिन्न समूहमा विभाजित गरिएको थियो। दुबै विद्यालयका विद्यार्थीहरुको सहयोगी समूह सबै बिद्यार्थीहरु र शिक्षकहरु को बीच कम्पोस्ट मल मा आफ्नो समूह कार्य प्रस्तुत गरेका थिए । कक्षा ७ र १०का नविन स्कूल र लुम्बिनी स्कुलका बिद्यार्थीहरुलाई फोहोरको सौन्दर्य  सम्बन्धी धेरै परियोजनाहरु पूरा गर्न र चीन, नेपाल र भारतमा फोहोर कसरी उपयोग गर्ने भन्ने बारे आफ्नो गतिविधिहरु प्रस्तुत र केही समूहहरुले विभिन्न उत्पादनहरु पनि प्रस्तुत गरिको थियो ।

                                         विद्यार्थीहरुले सामुदायिक चेतना दिदै

विद्यार्थीहरुले फोहोर ब्यबस्थापन गर्ने बारे अध्यनमा मात्र नभई बुद्धनगर र माजुवामा गएर फोहोर ब्यवस्थापन संग सम्बन्धित सामुदायिक चेतनाको साथै अभिमुखीकरण गरेका थिए । बिद्यार्थीहरुले देशमा मात्रै नभई देश बाहिरको विद्यालय “Govt.Girls High School, Pakistan”.मा पनि प्रर्दशन गर्दै आफ्नो गतिविधि र गरेको क्रियाकलाप बारे साटासाट  गरेका थिए ।  बिद्यार्थीहरुलाई विद्यालयको आन्तरिक परिक्षामा प्रोजेक्टमा  सिकेका बारे केहि प्रश्न सोधिने गरेको छ ।

 

                                देश बाहिरको विद्यालय