प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने महासचिव पोखरेलको भनाइ

प्रकाशित मिति:

विराटनगर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत पाउने बताएका छन् । आइतबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले एमालेले विश्वासको मत प्राप्त गर्ने र जसले विश्वासको मत दिदैन उनीहरु नांगिएर जाने बताए ।

उनले भने, ‘मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन्छु भन्नुभएको हुनाले त्यो बेलासम्म साथिहरु कसरी प्रस्तुत हुनुहुन्छ, हेर्दै जानुपर्छ ।’ एमसीसीको विषयमा सञ्चारकर्मीले राखेका जिज्ञासामा महासचिव पोखरेलले सभामुखको प्रस्तुतिमा निर्भर रहने बताए ।उनले जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै रहेकाले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद नमान्नु स्वभाविक भएको बताए ।

नेकपा एमालेको केन्द्रीय कार्ययोजना अनुसार जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न मोरङ आएका महासचिव पोखरेलले आगामी महाधिबेसनमा अध्यक्षका लागि आफू योग्य रहेको तर घोषणा नगरेको बताए ।