राष्ट्रपतिसमक्ष भाषा आयोग र दलित आयोगको वार्षिक प्रतिवेदन पेश

प्रकाशित मिति:

काठमाडौं- राष्ट्रिय दलित आयोग र भाषा आयोगले आर्थिक वर्ष २०७७/०७८ को छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पेश गरेका छन्।

दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

त्यसैगरि भाषा आयोगका अध्यक्ष डा। लवदेव अवस्थीले भाषा आयोग ऐन, २०७४ बमोजिम भाषा आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि आइतबार नै पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्‍नाथ पन्तले जानकारी दिएका छन्।