पुनहरि बेल्बासे
भैरहवा, मंसिर २० । औद्योगिक तथा पर्यटकीय नगर सिद्धार्थनगरमा ७ औँ लुम्बिनी राष्ट्रिय महोत्सव २०७५, पर्यटन कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला आज देखि शुरु भएको छ । आज मंसिर २० गते देखि पुस १ गते सम्म भैरहवाको अञ्चलपुरमा लाग्ने उक्त मेलाको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको छ । उहाँले लामो इतिहास कालखण्ड पार गरेको सिद्धार्थ उद्योग वाणिज्य संघले विकासका लागि पनि फड्को मारेको बताउँदै कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई जोडेर बृहत्तर लुम्बिनी विकासको गुरुयोजना बनाए अगाडि बढ्नु अवश्यक रहेको बताउँनुभयो । मुलुकमा संक्रमणकालको अन्त्य भएकोले विकासका काममा ढिलासुस्ति गर्ने र गुणस्तरहीन कार्य गर्नेलाई अब सरकार चुप लागेर नबस्ने उहाँको भनाइ छ । सरकार दुई तिहाइ बहुमतको भएकोले कसैको हल्लाका पछि लागेर सरकार ढल्ने हो कि भन्ने सङ्का उपसङ्का नगर्न आग्रह गर्दै प्रदेशको राजधानी भौतिक पूर्वाधारका हिसाबले रुपन्देही नै उपयुक्त हुने धारणा राख्नुभयो ।

रुपन्देही क्षेत्र नम्बर ३ का सांसद् घनश्याम भूसालले अहिलेको सरकार दुई तिहाइको रहेकोले विकासका काम गर्न सरकार खुट्टा कमाउन नहुने बताउँदै बहुमतको सरकारले सर्वसाधारणका छोरा छोरी बेरोजगार नहुने गरि कार्य योजना ल्याएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
रुपन्देही उत्पादन र विकासका दृष्टिले मुलुककै मेरुदण्डको रुपमा विकास भएकोले पर्यटनको विकासका लागि राज्यले ध्यान दिनु पर्ने पूर्वमन्त्री तथा नेपाली कांग्रेसका युवानेता बालकृष्ण खाँडले बताउँनुभयो । अहिलेको सरकार दुईतिहाईको भएकाले ठूलो भरोसा गरेकोले जनताको माग पूरा गर्ने तर्फ सरकारले ध्यान पु¥याउनु पर्छ खाँड भन्नुभयो । उहाँले लाक्षणिक रुपमा सरकारलाई भन्नुभयो, “राणाहरुको हातमा सबै शासन सत्ता हुँदा हुँदै पनि पतन हुन परेको र पञ्चायत र ज्ञानेन्द्रको शासनलाई जनताले बाहिर उछिट्याएका छन् ।रुपन्देही क्षेत्र नं. ४ का सांसद् प्रमोद यादवले पर्यटनको विकासका लागि पर्यटकलाई बस्ने बासस्थानको लागि होटल व्यवसायलाई प्रवद्र्धन गर्नु पर्ने बताउँदै नेपाल कृषि प्रधान देश भएकोले यहाँका किसानलाई समय अनुसारको बिउ र मलखाद उपलब्ध गराउनु सरकारको दायित्व रहेको बताउनुभयो ।त्यस्तै पूर्वमन्त्री दीपक बोहोराले अहिले सम्मकै ठूलो सरकार र जनताले भरोसा गरेको सरकाले जनताको आशालाई निरासामा बदल्ने गरेको बताउँदै कन्चनपुरकी निर्मला पन्तका हत्यारालाई न्याय दिनुको सट्टा दोषीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउनुभयो । अहिलेको वहालवाला सरकाले गैर न्यायिक कार्य गरे जनता चुपलागेर नबस्ने पूर्वमन्त्री बोहोराले बताउनुभयो ।

नेपालका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले राज्यले लगानी गर्ने र लगानीको सुरक्षाको ग्यारेन्टी गरे निजी क्षेत्र अगाडि बढ्न सक्ने बताउनुभयो ।सरकारले लुम्बिनीको नामबाट मागेर खाने भाँडो बनाएको र देशलाई भ्रष्टाचार तर्फ उन्मुख भएको रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेश सदस्य सन्तोष पाण्डेले बताउनुभयो । दुईतिहाईको सरकार भएकोले अहिले पनि विपक्षी पार्टीले काम गर्न दिएनन् भन्ने आरोप लगाएर अहिलेको सरकार उम्कन नपाउने बताउनुभयो ।उद्योग र पर्यटन विकासलाई समेट्दै सरकार अगाडि बढ्नु पर्ने बताउँदै लुम्बिनीको गुरुयोजना ३ वर्षमा पूरा हुने लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय अवधेश कुमार त्रिपाठीले बताउनुभयो । भैरहवाको मेलाले औद्योगिक, सामाजिक र धार्मिक क्षेत्रको पहिचान गराउने सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो । व्यवसायीले गरे लगानीको सुरक्षाको व्यवस्था सरकारले गरे निजी क्षेत्र लगानी गर्न सधै तयार रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधी तिवारीले बताउनुभयो ।विविध झाँकी र याली सहित शुरु भएको कार्यक्रम सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेको अध्यक्षता र महासचिव नेत्रप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

याली सम्मान
सिद्धार्थ उद्योग वाणिज्य संघले उत्कृष्ट हुने झाकीहरुको लागि सम्मानको व्यवस्था गरेको थियो । विभिन्न झाँकीहरु मध्ये रुपन्देही लीलाराम न्यौपाने मावि प्रथम, मुनलाइट आवासीय मावि द्वितीय, काशी नोबेल एकेडमी तृतीय र जेसिज स्कुल सान्त्वना भएका छन् ।
चित्रकला प्रतियोगिता सिद्धार्थ उद्योग वाणिज्य संघले महोत्सवको अवसर पारेर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगिताबाट मोर्डन पब्लिक स्कुल भैरहवाका आकाश अधिकारी प्रथम, अमरज्योतिकी छात्रा रीया नेपाल द्वितीय, साइग्लोबल एकेडमीका सञ्जय बराइली तृतीय, रुपन्देही लीलाराम न्यौपाने मा.वि.की अनु महतो र काशीनोबेल एकेडमीका सिद्धान्त श्रेष्ठ सान्त्वना भएका थिए ।
वक्तृत्वकला प्रतियोगिता
त्यस्तै विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा रुपन्देही लीलाराम न्यौपाने माविकी महिमा बस्नेत प्रथम, काशी नोबेल एकेडमीकी अनुसा पन्थी द्वितीय र भैरहवा नमुना माविकी प्रशंसा भण्डारी तृतीय भएका थिए । भने आयुषा ज्ञवाली र अमृत केसी सान्त्वना भएका थिए ।याली अफ प्रसनालिटि सम्मान
त्यस्तै ¥याली अफ प्रसनालिटिमा १० जना उत्कृष्ट भएका छन् । उत्कृष्ट हुनेमा सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्य कुमार सारु मगर, थारु समाजका गोपाल थारु, मुनलाइट आवासीय माध्यमिक विद्यालयका छात्रा शुभम मिश्रा, दरखसवा आमा समूहकी बीना क्षेत्री, नेवा खल सिद्धार्थनगरका राजुनारायण श्रेष्ठ, हेवेन्ली गार्डेन स्कुलकी रचना क्षेत्री, सिद्धार्थ जेसिजका कमल भण्डारी, गोलीगढ आमा समूहकी मीना जिसी, ब्रमकुमारी विश्व विद्यालयका भूपेन्द्र अधिकारी र गुरुङ राष्ट्रिय परिषद्की इन्द्रा गुरुङ रहेको ¥याली संयोजक विजय पाण्डेल जानकारी दिनुभयो ।