नेकपा समाजवादीको सचिवालय बैठक : कार्यालय व्यवस्थापन र कार्यविभाजनबारे छलफल

प्रकाशित मिति:

नेकपा एकीकृत समाजवादीको पहिलो सचिवालय बैठक बसेको छ । सिंहदरबारस्थित संसद सचिवालय भवनमा बसेको बैठकमा खासगरी कार्यालय व्यवस्थापन र नेताहरुको कार्यविभाजनमा केन्द्रीत रहेर छलफल भएको सचिवालय सदस्य जीवनराम श्रेष्ठले जानकारी दिए ।सचिवालय गठनपछि पहिलो बैठक बसेको हो । पार्टीका आन्तरिक विषयमा केन्द्रीत रहेर छलफलहरु भए’, श्रेष्ठले भने, ‘खासगरी कार्यलय व्यवस्थापन र नेताहरुको भर्खरै भएको कार्यविभाजन लगायतमा छलफल भयो ।’

त्यस्तै उनले पार्टीले गर्नुपर्ने तत्कालका कामका बारेमा र छिटै हुने सम्मेलनका बारेमा छलफल भएपनि सार्वजनिक गर्ने निर्णयहरु नभएको बताए । नेकपा एकीकृत समाजवादीको केही दिनअघि बसेको स्थायी समितिको बैठकले प्रदेश इन्चार्जहरु, विभिन्न विभाग र दस्तावेज मस्यौदा समिति र केन्द्रीय सचिवालय गठन गरेको थियो । सचिवालयको प्रमुख बेदुराम भुसाल रहेका छन् भने सदस्यमा प्रमेश हमाल,राजेन्द्र पाण्डे, गंगालाल तुलाधर,जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् ।