पश्चिम नवलपरासीको बर्दघाटमा खुल्ला रक्तदान कार्यक्रम आइतबार सम्पन्न,

प्रकाशित मिति:

पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको लाफा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको दशौ स्थापना दिवसको अवसर पारि खुल्ला रक्तदान कार्यक्रम आइतबार बर्दघाटमा सम्पन्न भएको छ ।

सस्थाको आयोजना तथा नेपाल रेडक्रश शोसाइटी बर्दघाट उपशखाको सहकार्य र नेपाल रक्त सञ्चार केन्द्र परासीको प्राविधिक सहयोगमा सस्थाका अध्यक्ष क्याप्टन भिम बहादुर रानाको अध्यक्षता तथा रेडक्रश बर्दघाट उपशाखाका सभापति नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले यस विषम परिस्थितीमा सस्थाले रक्तदान कार्यक्रमको आयोजना गरि मानविय सेवाका लागी तत्परता देखाएकोमा धन्यबादज्ञापन गर्दै संकलित रगतबाट कसैको ज्यान बच्ने हुदा साथै आफुमा भएको रगत निस्चित समय पछी खेर जाने हुदा सम्भव भएसम्म रक्तदान गरि मानवता देखाउनुपर्ने बताउनुभयो । सो अवसरमा सस्थाका अध्यक्ष रानाले सस्थाले आर्थिक कारोबार मात्र नगरि समाजिक उत्तरदायित्व अन्र्तगत आफुहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको र सो कार्य सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा आभार प्रकट गर्नुभएको थियो ।

कार्यक्रममा सस्थाका पदाधिकारी, सेयर सदस्य, समाजसेवी, रक्तदाता, पत्रकार लगाएतको सहभागिता रहेको थियो । सो अवसरमा दुई महिला सहित १७ जनाले रक्तदान गर्नुभएको कार्यक्रममा सस्थाकी उपाध्यक्ष अनिता गाहाको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन सस्थाका सचिव पुर्णबहादुर थापाले गर्नुभएको थियो ।