प्रदेशको राजधानी भौतिक पूर्वाधारका हिसाबले रुपन्देही नै उपयुक्त हुन्छ :प्रचण्ड

प्रकाशित मिति:

पुनहरि बेल्बासे

भैरहवा, मंसिर २० । औद्योगिक तथा पर्यटकीय नगर सिद्धार्थनगरमा ७ औँ लुम्बिनी राष्ट्रिय महोत्सव २०७५, पर्यटन कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला आज देखि शुरु भएको छ । आज मंसिर २० गते देखि पुस १ गते सम्म भैरहवाको अञ्चलपुरमा लाग्ने उक्त मेलाको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नु भएको छ । उहाँले लामो इतिहास कालखण्ड पार गरेको सिद्धार्थ उद्योग वाणिज्य संघले विकासका लागि पनि फड्को मारेको बताउँदै कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई जोडेर बृहत्तर लुम्बिनी विकासको गुरुयोजना बनाए अगाडि बढ्नु अवश्यक रहेको बताउँनुभयो । मुलुकमा संक्रमणकालको अन्त्य भएकोले विकासका काममा ढिलासुस्ति गर्ने र गुणस्तरहीन कार्य गर्नेलाई अब सरकार चुप लागेर नबस्ने उहाँको भनाइ छ । सरकार दुई तिहाइ बहुमतको भएकोले कसैको हल्लाका पछि लागेर सरकार ढल्ने हो कि भन्ने सङ्का उपसङ्का नगर्न आग्रह गर्दै प्रदेशको राजधानी भौतिक पूर्वाधारका हिसाबले रुपन्देही नै उपयुक्त हुने धारणा राख्नुभयो ।