काठ्मांडौमा बाढी, ३८२ घर डुबे

प्रकाशित मिति:

काठमाडौँका विभिन्‍न ठाउँ बाढीले डुबाएको छ । गएरातिदेखि परेको पानीले खोला किनारका बस्ती डुबानमा परेका हुन् । शंखमुल पार्क, बालाजुको नेपालटारको तल्लो क्षेत्र, बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कालिमाटीको तरकारी बजार क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र डुबानमा परेको प्रशासनले जनाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार गुहेश्वरीतिर, मनमैजू, कुलेश्वरका, कालीमाटी घरहरूमा पानी पसेको बताए । उनका अनुसार बाढीले मानवीय क्षति भने भएको छैन । त्यस्तै बाढीले ३८२ घर डुबानमा परेको छ र १३८ जनालाई उद्धार गरिएको छ ।