राधाकृष्ण डुम्रे /स्याङ्जा : नेपाली काँग्रेसको महाधिवेशन औपचारिक रुपमा शुरु भएसँगै चहलपहल र नेतृत्व आआफ्नो पोल्टामा पार्नको लागि कसरत शुरु भईसकेको छ ।महाधिवेशनको शुभारम्भ अन्तर्गत भएको वडा अधिवेशनको नतिजा आईरहेकाछन् । ९७ वडा रहेको स्याङ्जा जिल्लामा ९५ वटा वडामा नेतृत्व पाईसकेकाछन् ।आईतवार मध्यान्ह सम्म ९४ वडाको वडा सभापति चयन भएको नेपाली काँग्रेस स्याङ्जाको जिल्ला अधिवेशनका निर्वाचन अधिकारी अधिवक्ता रामचन्द्र (आरसी) गौतमले जानकारी दिनुभयो । निर्वाचन अधिकृत गौतमका अनुसार बाँकी वडाहरुमा निर्वाचनको सम्पुर्ण प्रक्रिया अगाडि बढाइएको छ ।वालिङ नगरपालिकामा रहेका १४ वडामध्ये १३ वटामा सर्वसम्मत रुपमा वडा सभापति चयन गरिएको छ भने बाँकीमा १ वटा वडा निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिले बताएको छ ।
वडा नम्वर १ मा राजु रेग्मी,वडा नम्वर २ मा पोतप्रसाद लम्साल, वडा नम्वर ३ मा औ बहादुर गुरुङ, वडा नम्वर ४ मा कमल प्रसाद गुरुङ, वडा नम्वर ५ मा छविलाल आले, वडा नम्वर ६ मा भोजेन्द्र बहादुर थापा, वडा नम्वर ७ मा भोजराज गुरुङ, वडा नम्वर ८ मा कमल प्रसाद सुवेदी (निर्वाचन मार्फत) वडा नम्वर ९ मा यामकान्त गैरे, वडा नम्वर १० मा नेत्रप्रसाद सुवेदी, वडा नम्वर ११ मा टिकाराम पराजुली, वडा नम्वर १२ मा श्याम बहादुर गुरुङ, वडा नम्वर १३ मा हेमन्त गैरै र वडा नम्वर १४ मा टुक बहादुर श्रेष्ठ वडा सभापतिमा निविरोध निर्वाचत हुनु भएको छ भने वडा ६ र ८ मा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ ।
पुतलीबजार नगरपालिका रहेका १४ वडामध्ये वडा नम्वर १ मा छायादत्त सापकोटा, वडा नम्वर २ मा बालकुमार गुरुङ, वडा नम्वर ३ मा कमलकान्त उपाध्याय निर्वाचनबाट, वडा नम्वर ४ मा इश्वर पोखरेल, वडा नम्वर ५ मा रामचन्द्र रेग्मी, वडा नम्वर ६ मा कृष्ण बहादुर कार्की ६ मा, वडा नम्वर ७ मा नेरेन्द्र विक्रम थापा,वडा नम्वर ८ मा इम बहादुर सेन, वडा नम्वर ९ मा जग बहादुर गुरुङ, वडा नम्वर १० मा अग्नीप्रसाद पौडेल, वडा नम्वर ११ मा यामबहादुर केसी, वडा नम्वर १२ मा खेम बहादुर गुरुङ, वडा नम्वर १३ मा दुर्गा गौतम निर्वाचित हुनु भएको छ । त्यस्तै वडा नम्वर १४ मा राजेन्द्र कुमार भण्डारी निर्वाचन प्रक्रिया मार्फत चयन हुनु भएको छ । भीरकोट नगरपालिकाका सम्पुर्ण वडाहरुको वडा सभापति सर्वसम्मत चयन गरिएको छ । वडा नम्वर १ मा क्षेत्र बहादुर थापा, वडा नम्वर २ मा रमेश पौडेल, वडा नम्वर ३ मा विजय काफ्ले, वडा नम्वर ४ मा रत्न प्रसाद श्रेष्ठ, वडा नम्वर ५ मा सु. कृष्ण बहादुर थापा, वडा नम्वर ६ मा हिम बहादुर खत्री, वडा नम्वर ७ मा शालिकराम अर्याल, वडा नम्वर ८ मा खडानन्द खनाल र वडा नम्वर ९ मा हरि बहादुर राना वडा सभापति पदमा निर्वाचित भएका हुन् ।
गल्याङ नगरपालिकामा रहेका ११ वडामध्ये १० वटा वडामा सर्वसम्मत वडा सभापति चयन गरिएको छ भने बाँकी एउटा वडामा निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । वडा नम्वर १ मा मणिप्रसाद बस्याल, वडा नम्वर २ मा धन बहादुर थापा, वडा नम्वर ३ मा गोपाल भट्टराई र वडा नम्वर ४ मा मणिप्रसाद न्यौपाने, वडा नम्वर ५ मा तुल्सीराम पाण्डे, वडा नम्वर ६ मा चेतनाथ चापागाई (चन्द्र), वडा नम्वर ७ मा सौ नारायण गुरुङ्, वडा नम्वर ८ मा सुवर्ण श्रेष्ठ, वडा नम्वर ९ मा नेत्रलाल अर्याल, वडा नम्वर १० मा मुक्तिप्रसाद खनाल, सर्वसम्मत निर्वाचित हुनुभएको छ भने वडा ११ मा लक्ष्मण डुम्रे निर्वाचित हुनु भएको छ ।
चापाकोट नगरपालिकामा रहेका १० वडामध्ये ७ वटा वडामा सर्वसम्मत वडा सभापति चयन गरिएको छ भने बाँकी २ वटामा निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । वडा नम्वर १ मा कृष्ण प्रसाद भण्डारी निर्वाचनबाट, वडा नम्वर २ मा डोलराज खनाल, वडा नम्वर ३ मा कृष्णप्रसाद ज्ञवाली, वडा नम्वर ४ मा नारायणप्रसाद पौडेल, वडा नम्वर ५ मा दलनारायण श्रेष्ठ, वडा नम्वर ६ मा कृष्ण प्रसाद पोख्रेल,वडा नम्वर ७ मा सुर्यप्रसाद पाठक, वडा नम्वर ८ मा टोपलाल न्यौपाने र वडा नम्वर ९ मा मणिप्रसाद खनाल र वडा नम्वर १० मा सहमतीका आधारमा भुवन भण्डारी निर्वाचित हुनुभएको छ । आँधीखोला गाउँपालिका रहेका ६ वडा मध्ये वडा नम्वर १ मा नरबहादुर घर्ती, वडा नम्वर २ मा कलाधर पौडेल, वडा नम्वर ३ मा प्रेम नारायण पौडेल, वडा नम्वर ४ मा खेमराज पौडेल,वडा नम्वर ५ मा थमन बहादुर बोगटी, वडा नम्वर ६ मा पिताम्बर सापकोटा सर्वसम्मत वडा सभापतिमा निर्वाचित हुनुभएको छ ।
अर्जुनचौपारी गाउँपालिकामा रहेका ६ वडा मध्ये वडा नम्वर १ मा रण बहादुर थापा,वडा नम्वर २ मा गंगाबहादुर गुरुङ, वडा नम्वर ३ मा हरी काफ्ले, वडा नम्वर ४ मा भुवनसिंह गुरुङ, वडा नम्वर ५ मा बलबहादुर क्षेत्री, र वडा नम्वर ६ मा महेश्वर पौडेल निर्विरोध वडा सभापतिमा निर्वाचित भएकाछन् ।फेदीखोला गाउँपालिका रहेका ५ वडामध्ये सबै वडाहरुले नेतृत्व पाईसकेको छ । वडा नम्वर १ मा अमृत क्षेत्री, वडा नम्वर २ मा लेख बहादुर जिसी, वडा नम्वर ३ मा मानबहादुर विसी, वडा नम्वर ४ मा भरत बहादुर गुरुङ, वडा नम्वर ५ मा माया पनेरु निर्वाचित हुनु भएको छ । वडा नम्वर १ मा निर्वाचन भएको हो भने अन्य सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको काँग्रेसले जनाएको छ । विरुवा गाउँपालिकामा पनि सबै वडामा वडा सभापति सर्वसम्मत रुपमा चयन गरिएको छ । ८ वडा रहेको विरुवा गाउँपालिकामा वडा नम्वर १ मा लालबहादुर हमाल, वडा नम्वर २ मा नोम बहादुर गुरुङ, वडा नम्वर ३ मा लालबहादुर गौतम, वडा नम्वर ४ मा ज्योति प्रकाश थापा, वडा नम्वर ५ मा शुशील कुमार शर्मा, वडा नम्वर ६ मा कृष्ण प्रसाद लम्साल, वडा नम्वर ७ मा मेखराज गुरुङ र वडा नम्वर ८ मा अनिल राना सभापतिमा चयन भएकाछन् ।
हरिनास गाउँपालिकामा रहेको ७ वटै वडामा सहमतीका आधारमा वडा सभापति चयन गरिएको छ । जसमा वडा नम्वर १ मा देव बहादुर थापा , वडा नम्वर २ मा चित्र बहादुर थापा सिंजाली, वडा नम्वर ३ मा कृष्ण बहादुर भुजेल, वडा नम्वर ४ मा बागधन राना, वडा नम्वर ५ मा केशव बहादुर लम्साल, वडा नम्वर १ मा जीव नारायण मानान्धर, वडा नम्वर ७ मा भेषराज थापा रहनु भएको छ ।कालीगण्डकी गाउँपालिकामा रहेको ७ वडामध्ये वडा ७ मा बाहेकसम्पुर्ण वडाहरुमा सर्वसम्मत वडा सभापति चयन गरिएको छ । तिर्थबहादुर सोमै १ मा, शमशेर सिंह थापा, २ मा, भेषराज पाण्डे ३ मा , खिमानन्द पाण्डे ४ मा, रुक बहादुर थापा ५ र सुन्दर न्यौपाने ६ को वडा सभापतिमा सुन्दर न्यौपाने निर्वाचित हुनु भएको छ ।