स्याङ्जाको भीरकोटबाट गोरू काट्नेहरू पक्राउ

प्रकाशित मिति:

स्याङ्जा, भदौ २१ । स्याङजा भिरकोट नगरपालिका वडा नं। ८ ढापुकफेदी रातिको समयमा मासु खानका लागि गोरू काटी भागबण्डा लगाउँदै गरेको अवस्थामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी चौकी दहथुम स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सोही ठाउँ बस्ने नैनसिंह गुरुङको घरमा खानतलासी गर्दा नैनसिंह गुरूङ, हुम प्रसाद गुरूङ र खेम गुरूङलाई गोरू काटी छाला तोडी, टाउको, खुट्टा, शरीर छुट्टा(छुट्टै बनाई राखेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

यसका साथै प्रहरीले मासु काट्न प्रयोग भएको दुई थान चक्कु बरामद गरी “पशुपंक्षी सम्बन्धी कसूर” मुद्दा दर्ता गरी मिति २०७८।०५।२० गते स्याङजा जिल्ला अदालत स्याङजाबाट दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।