रुपन्देहीमा पाँच जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजे

प्रकाशित मिति:

बुटवल – रुपन्देहीमा पाँच जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहितका पाँच जनाले जिल्ला निर्वाचन कार्यालय रुपन्देही पुगेर नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

उपप्रमुख काफ्लेले आफ्नो नेतृत्वमा निर्वाचन कार्यालय गएर समाजवादीमा सनाखत गराएको बताइन् । उनीसहित बुटवलका वडा सदस्यहरू चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका हुन् । रुपन्देहीमा समाजवादी रोज्‍न बाँकी रहेका केही जनप्रतिनिधिले भोलि मंगलबार सनाखत गराउने जानकारी दिएको समाजवादी रुपन्देहीका संयोजक राजु गुरुङले जानकारी दिए ।