ओलीले भने– एक दिन जीवन शर्मा साँझ राख्नेछौँ

प्रकाशित मिति:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायक जीवन शर्मा साँझ राख्ने बताएका छन् ।

युवा संघको वृहत भेलामा गीत गाइरहेका जीवन शर्मालाई फ्लरबाट वान्स मोर वान्स मोर आएपछि ओलीले यो बताएका हुन् । जीवन शर्र्माले गीत गाइरहँदा ओलीले बीचैमा भने, ‘साथीहरुलाई जानकारी गराऔँ, एक दिन हामी छुट्टै जीवन शर्मा साँझ राख्ने छौँ ।’

कार्यक्रममा युवा संघले जीवन शर्मालाई सम्मान पनि गरेको थियो ।