हेर्नुहोस् आजको दिन

प्रकाशित मिति:

आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको २१ गते शुक्रबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष कृष्णपक्षको औँशी तिथि दिवा १२.२६ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । ज्येष्ठा नक्षत्र विहान ६.१८ बजेसम्म रहनेछ । आज धृति योग किंस्तुघ्न करण रहेको छ । आज सूर्योदय ६.४३ मा भएकोछ भने सूर्यास्त बेलुका ५.७ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् ।

आज मंसिर महिनाको औँशी तिथि हो । आज रातमा चन्द्रमाको दर्शन हुँदैन । औँशीमा चन्द्रमाको उज्यालोभाग पितृको प्रदेशमा रहने भएकाले आज पितृका निम्ति कार्य शुभ रहनेछ । यसैगरी औँशीमा ब्रहमण भोजन गराउनाले पनि उत्तम फल प्राप्त हुने शास्त्रीय वचन रहेको पाइन्छ ।