काठमाण्डौ – नेपाल र पपुवा न्युगिनी ९पीएनजी० बीचको एकदिवसीय शृङ्खलाको पहिलो खेल भोलि मङ्गलवार हुँदैछ । अल अमिरात क्रिकेट मैदानमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे नौ बजे सुरु हुनेछ ।
यस्तै दोस्रो एकदिवसीय खेल भदौ २५ गते स्थानीय समयअनुसार दिउँसो साढे दुई बजे हुनेछ ।नेपाल र पीएनजीबीचको खेल एक्शन स्र्पोट्सले प्रत्यक्ष प्रसारण गर्ने सहमति भएको छ ।
यो शृङ्खलापछि नेपाल, अमेरिका र ओमनबीच विश्व कप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृङ्खला हुनेछ । यी दुवै शृङ्खलाका लागि १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भइसकेको छ ।