लियो मिस तिज २०७८ को उपाधि वर्षा न्यौपानेलाई

प्रकाशित मिति:

२०७८ भदौ २१, अनिता चौधरी .९ ओैं लियो मिस तिज २०७८ को उपाधि वर्षा न्यौपानेले चुम्न सफल भएकी छन। शनिवार सैनामैना–१०, सालझण्डीमा भएको फाइनल प्रतिस्पर्धामा ३० जना प्रतियोगिहरुलाई पछि पार्दै वर्षाले उपाधी जितेकी हुन् । विजेता न्यौपानेले नगद २५ हजार रुपैयाँ, क्राउन, ट्रफी, तालिम, प्रमाणपत्र प्राप्त गरेकी छिन् भने फिल्म, म्युजिक भिडियोमा मोडलिङ् गर्ने अवसर पनि पाएको कार्यक्रम संयोजक प्रदिप ढकालले जानकारी दिए । यस्तै ९ ओैं तिज मिस २०७७ को फस्ट रनरअफमा सम्झना खनाल र सेकेण्ड रनरअफमा ज्यास्मीन खनाल भएकी छन् । उनीहरुलाई क्रमश ः नगद राशी रु। १५ हजार, क्राउन, ट्रफी, तालिम, प्रमाणपत्र फिल्म, म्युजिक भिडियोमा मोडलिङ् गर्ने अवसर प्राप्त र सेकेण्ड रनरअफ ज्यास्मीनलाई १० हजार क्राउन, ट्रफी, तालिम, प्रमाणपत्र, फिल्म, म्युजिक भिडियोमा मोडलिङ् गर्ने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा मस्ट ट्यालेन्टेट आवर्डमा अमृता खनाल, मल्टी मिडिया आवर्डमा अनिता कार्की, वेस्ट वल्क एलिना चौधरी र वेस्ट डिसीपिलिन आवर्डमा वृन्दा पन्थी घोषित भएकी छन् ।

प्रतियागितामा सौन्दर्यकला व्यवसायी संघ नेपालका उपाध्यक्ष मिना प्रधान, विविध वेस्ट म्यागजिनका सि।इ।ओ सागर टण्डन र लियो रिजन २१ का चियर प्रसन एवम् पिके इभेन्ट प्रा।लि।का सि।इ।ओ प्रकाश कुवंरले निर्णयकको भुमिका निभाएका थिए ।लियो क्लब अफ सैनामैनाले हरेक वर्ष नेपाली नारीहरुको महानपर्व हरितालिका तिजको अवसर पारेर लियो मिसको आयोजना गरिएकोे क्लबका वर्ष २०२१÷२२ का अध्यक्ष सुमन पौडेलले बताउनुभयो । नारीहरुमा रहेकोे प्रतिभालाई प्रस्फुटन गराउने र नेपा

ली मौलिक संस्कतिलाई जर्गेना गर्ने हेतुले वर्षेनी कार्यक्रमलाई निरन्तरता दिदैँ आइरहेको अध्यक्ष पौडेलले बताउनुभयो । सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले लियो क्लब अफ सैनामैनाले सामाजिक कार्य सँगै युवाहरुको व्यक्तित्व विकासमा खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दै तीज पर्वको मौलिकतालाई कायम राख्दैे सांस्कृतिक महत्वको जगेर्ना गर्नुपर्ने जोड दिनुभयो ।
लियो क्लब अफ सैनामैनाका अध्यक्ष सुमन पौडेलको अध्यक्षता सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाको प्रमुख अतित्थ्यता क्लबका पूर्व अध्यक्ष राजकुमार चौधरी, मदन थापा, प्रेम थापा, श्याम कंडेल र दृश्य बरालको अतित्थ्यता रहेको थियो । कार्यक्रमको संयोजन लियो प्रदिप ढकालको संयोजकत्व तथा लियो पुजा ढकाल र संचारकर्मी कृष्ण भण्डारीको संचालनमा सम्पन्न भएको थियो ।