गुण्डा नाइके समिरमानकी श्रीमतीलाई धराैटीमा छाेड्न अादेश

प्रहरीले गत कार्तिक १८ गते उनलाई स्वयम्भुबाट पक्राउ गरेको थियाे

प्रकाशित मिति:

काठमाडाैं – निर्माण व्यवसायी शरद गौचनको हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका गुण्डा नाइके समिरमान सिंह बस्नेतकी श्रीमती मायाँ शेरचनलाई अदालतले धराैटीमा छाेड्न अादेश दिएकाे छ। जिल्ला अदालत काठमाडाैंले उनलार्इ विहिबार ५ लाख धराैटीमा रिहा गर्न अादेश दिएकाे हाे।

प्रहरीले गत कार्तिक १८ गते उनलाई स्वयम्भुबाट पक्राउ गरेको थियाे। त्यस अघि पक्राउ परेका अमरबहादुर थापा र लोप्साङ शेर्पालाई उनले हतियार दिएको आरोप लागेकाे थियाे। जेलमा समिरमानलाई भेट्न गएकी मायाँले श्रीमानको निर्देशनमा अर्को ग्याङ तयार पार्न हतियार व्यवस्थापन र हुन्डी मार्फत पैसा पठाउनको गरेको समेत प्रहरीले अनुसन्धानमा फेला पारेको बताएकाे थियाे। उनलाई हतियार व्यवस्थापनमा सहयोगी भूमिका खेलेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गरिएको थियाे।