बुटवलमा नमस्ते नेपालद्वारा एमसिसी सम्झौता विरुद्ध मोटरसाइकल–याली प्रदशन

प्रकाशित मिति:

बुटवल । बुटवलमा नमस्ते नेपालले एमसिसी सम्झौता विरुद्ध मोटरसाइकल–याली सम्पन्न गरेको छ । तिलोत्तमाको शंकरनगरबाट सुरु भएको र्याली योगिकुटी ,कालिकानगर , चौराहा , हस्पिटल लाइन हुँदै बुटवलको ट्राफिक चोकमा गएर कोणसभामा परिणत भएको थियोे ।

कोणसभालाई सम्बोधन गर्दै नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले एमसिसी सम्झौता कार्यान्वयनमा आए देशको राष्ट्रियता र असंलग्न परराष्ट्र नीति सबै ध्वस्त हुने बताए ।भ्रष्टाचारलाई मात्रै रोक्न सके र हाम्रा प्राकृतिक श्रोतसाधनलाइ ठिकसित प्रयोग गरेमा एमसिसीबापत आउने भनिएको ५५ अरब होइन, हजारौँ अरब रुपियाँ हाम्रै देशमा भएको कुरा उनले बताए । साथै नयाँ युवा नयाँ सोच नेपाल रुपन्देहीका अध्यक्ष सन्दीप क्षेत्रीले एमसिसीको हरेक बुदा पढेर खण्डन गर्दै बिरोध गरेका छन ।नेता बिकेपनी सचेत युवाहरु अब बिक्दैन पाटि बिकेनी पाटिका कार्यकर्ता नबिक्ने भन्दै चेतावनी दिएका छन् ।

र्यालीमा युवाहरूले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए । र्यालिमा सय बढी मोटरसाइकलको सहभागीता रहेका थिए ।