आज देशभर मौसम बदली भई केही स्थानमा वर्षा हुने

प्रकाशित मिति:

आज देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहनुका साथै मनसुन न्यून चापीय रेखा औसतस्थान नजिक रहेको छ ।

हाल देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भईरहेको छ।आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।